२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पुरुष भन्दा महिला मतदाता बढी

२०७३, २० बैशाख सोमबार ०५:२७

पर्वत(सास) । पर्वतमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या झण्डै १० प्रतिशतले बढी रहेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले दिएको जानकारी अनुसार पुरुषको तुलनामा महिला ९ दशमलब २६ प्रतिशतले बढि भएका हुन् । कार्यालयले अहिलेसम्म संकलन गरेको नामावलीका आधारमा महिला मतदाताको संख्या बढि भएको जनाईएको छ । अहिलेसम्म जिल्लामा ९७ हजार १ सय ८८ जनाको फोटो सहितको मतदाता नामावली संकलन भएको छ । जस मध्ये ५० हजार ९ सय ५३ महिला र ४६ हजार २ सय ३५ पुरुष रहेको कार्यालयले जानकारी दिएको छ ।

पुरुषहरु रोजगारीका लागि बिदेशिने क्रम बढेको र स्वदेश फर्किएका बेलामा पनि मतदाता नामावली दर्ता नगराएकाले पनि यति धेरै फरक देखिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । जिल्लाको कुल जनसंख्या १ लाख ४६ हजार रहेको छ । कुल जनसंख्यामा पनि महिलाहरुको सख्ंया बढि रहेको पाइएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले हालै संचालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा तीन हजार चार सय १५ भन्दा बढि मतदाता थपिएका छन् । पछिल्लो समयमा जिल्लाका ३२ वटा गाविस, दुई स्थानमा संचालित घुम्ती शिविर, जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालयमार्फत संचालन गरिएको अभियानबाट तीन हजार ४ सय १५ जनाले मतदाता नामावलीमा नाम लेखाएका हुन् ।जिल्लाका क्षेत्र नं. २ का १९ वटा र क्षेत्र नं. १ का १३ गाविसमा संकलन अभियान संचालन समेत गरिएको थियो । जसमा ४ सय ५ जना महिला र ६ सय ५१ जनाको नामावली संकलन भएको जिल्ला निर्वाचन अधिकृत शर्माले बताए ।

उनका अनुसार वाँकी रहेका गाविसमा अर्को वर्ष अद्यावधिक कार्यक्रम संचालन गरिने भएको छ । यस बाहेक जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा भने दैनिक मतदाता नामावली संकलन गरिदै आएको छ । स्थानिय निकायको निर्वाचनको तयारीका लागि पनि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य निरन्तर संचालन गरिने उनले बताए । मतदानको अधिकार १८ वर्ष उमेर पुगेकाहरुले प्रयोग गर्न पाउने भएपनि नामावली संकलन भने नागरिकता लिनेहरुको पनि गरिएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ