2026-09-13 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने चारवटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

राम नारायण पंडित | असार ३, सिरहा | अबैध रुपमा नदिजन्य पदार्थ उत्खन्न तथा ओसारपसार गर्ने चारबटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ । 

प्रहरीको गस्ति टोलीले स्थानिय जिबा खोलाबाट स १ त ६५६८ र स १ त ६७१२ त्यसैगरि बतहा खोलाबाट स १ त ३३२७ र स १ त ६१५३ नम्बरको ट्रयाक्टरलाई अबैध रुपमा खोलामा नदिजन्य पदार्थ उत्खन्न गरिरहेको अवस्थामा शनिवार नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय मिचैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खडकाले बताए । 

सरकारले वर्षाको समयमा असार एक गतेदेखि साउन मसान्तसम्म नदिजन्य वस्तु निकासीमा रोक लगाएपनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी नरोकिएकोले कडाई गरिएको डिएसपी खडकाले बताए । अवैध तरिकाले प्राकृतिक सम्पदाको दोहन गर्ने छुट कसैलाई नभएको भन्दै उनले दोषीलाई कानुनको दायराममा ल्याउने दाबी गरे ।

नियन्त्रणमा दिएका ट्रयाक्टरलाई आबश्यक कारबाहीका लागि जिल्ला समन्बय समिति सिरहालाई सिफारिस गरिएको उनले बताए । अबैध रुपमा नदिजन्य पदार्थ निकासी गर्ने ट्रयाक्टरलाई समन्बय समितिले प्रतिट्रयाक्टर ३५ सयका दरले जरिबाना काटी छोडिने गरेको डिएसपी खडकाले स्पष्ट गरे । 

पक्राउ परेका चालकहरुलाई पहिलो पटक सम्झाईबुझाई अभिभाबकको जिम्मा लगाईएको भन्दै उनले फेरी दोहरीए पक्राउ गरेर सार्बजनिक अपराध सम्बन्धि मुद्धा चलाउने चेताबनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन