2026-09-19 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लिफ्ट खानेपानीको निरिक्षण

पर्वत बैशाख १७ गते । जिल्लाको ठूलीपोखरीमा निर्माणाधिन अवस्थामा रहेको ठूलीपोखरी लिफ्ट खानेपानी आयोजनाको पर्वतका प्रमुख जिल्ला अधिकारी झंक ढकालले निरिक्षण गर्नुभएको छ ।

निरिक्षणका क्रममा ढकालले खानेपानी नपाएर काकाकूल अवस्थामा रहेका ठूलीपोखरीका जनतालाई केही महिनामै राहत दिने गरि काम गर्न निर्देशन दिनुभयो । उहाँले ठूलीपोखरीका बासिन्दाको वर्षौंदेखिको खानेपानी समस्या समाधानका जिल्ला स्थित सरकारी निकायहरुसँग समेत समन्वय गरेर छिटो भन्दा छिटो समस्या समाधानमा लाग्ने बताउनुभयो ।

सोही अवसरमा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले आँफूले सक्दो प्रयास गरेर छिटो भन्दा छिटो खानेपानी आयोजना सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जेठ महिना भित्रमा बाटुलेचौरमा पानी पु¥याउने र आगामी भदौ महिनासम्ममा आयोजना सम्पन्न गर्नेगरि काम भईरहेको जानकारी दिनुभयो ।

गाविसका ३ वडाका १ सय २ घरधुरीलाई स्वच्छ खानेपाली उपलब्ध गराउने उद्देश्यले खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय पर्वतले गत माघ महिनादेखि स्थानीय उपभोक्ता समितिमार्फत काम गर्दै आएको छ । गाविसको माथिल्लो भागमा रहेका टोलहरुमा खानेपानीको समस्या वर्षौंदेखिबाट रहँदै आएको र पछिल्लो समयमा चर्को खडेरीका कारण पानीको हाँहाँकार भोग्दै आएका उपभोक्ताका लागि यो खानेपानी आयोजना सम्पन्न भएपछि समस्या समाधान हुने उपभोक्ता समितिका सचिब युगनाथ पौडेलले जानकारी दिनुभयो ।

आयोजना निर्माणका लागि १ करोड ४६ लाख रुपीयाँको लागत लाग्ने  र ५ सय ६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरि स्थानीय बाटुलेचौरमा रहेको ट्यांकीमार्फत घरघरमा वितरण गरिने भएको खानेपानी तथा सरसफाई सव डिभिजिन कार्यालय पर्वतका ईञ्जिनियर शिव शंकर शाहले बताउनुभयो ।

आयोजना निर्माणका लागि उपभोक्ता समितिमार्फत ले प्राविधिक कार्यहरु गरिरहेको र सबै काम समयमा नै सम्पन्न गर्नेगरि तयारी भईरहेको संचालक गिरिजा प्रसाद तिवारीले बताउनुभयो । निरिक्षण कार्यक्रममा स्थानीयवासी तथा पत्रकार गणेश पौडेल, स्थानीयवासी शिब प्रसाद लामिछाने, अर्जुन पौडेल लगायले समयमा नै गुणस्तरिय काम गरि आयोजना संचालन गर्न आग्रह गरेका थिए । कार्यक्रम ठूलीपोखरी लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष निलकण्ठ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो