2026-08-30 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा टोल टोलमा प्रहरी अभियान शुरु

असार ५, सुर्खेत। सुर्खेत प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियानको शुरुवात गरेको छ । स्थानीय नागरिकहरुको अग्रसरतामै प्रहरीले अपराधिक गतिविधिलाई निरुत्साहित गर्न यो अभियान शुरु गरेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लागु औषध दुव्र्यशनी, अवैध घरेलु मदिरा, जुवातास, सवारी दुर्घटना, यौनधन्दा जस्ता घटनाहरुमा वृद्धि हुन थालेपछि नागरिकहरु नै प्रहरीसंग हात्तेमालो गर्दै यो अभियानमा साथ दिन थालेका छन् । 

टोलवासीकै अग्रसरतामा अपराधिक गतिविधिलाई निरुत्साहित गर्न अभियानको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदी बताउँछन् । यो अभियान अन्तरगत प्रहरीले टोल–टोलमा प्रहरी परिचालन गरेर त्यहाँ हुने अपराधिक गतिविधिको निगरानी राख्नेछ । स्थानीय नागरिकहरुले समेत प्रहरीलाई अभियानमा साथ दिनेछन् । ‘प्रदेश राजधानीमा हालसम्म ठूला अपराधिक गतिविधि भएका छैनन्’ एसपी चर्तुदेवी भन्छन्, ‘तर सामान्य घटनाले संस्थागत रुपमा भविष्यमा ठूलो रुप लिन सक्ने भएकाले अहिल्यै त्यस्ता गतिविधि निरुत्साहित गर्न सुक्ष्म रुपमा सुरक्षा रणनीति प्रभावकारी बनाउन थालेका छौं ।’ समाज हुने ठूला वा सामान्य घटनाहरुले भोली विकराल रुप लिन सक्ने भन्दै प्रहरीले वीरेन्द्रनगरमा अवैध घरेलु मदिरा, यौन र जुवाडेमाथि कडा निगरानी बढाएको छ ।  

सामाजिक सद्भाव खल्बलिनने गरि हुने विभिन्न घटनालाई घट्नु भन्दा पहिले नै रोक्नका लागी यो अभियानले सहयोग पुर्याउने विश्वास एसपी चतुर्वेदीको छ । तर सुर्खेतमा लागुऔषध र जाडरक्सी पनि समस्याको रुपमा देखिएको छ । एसपी चतुर्वेदीले यस्ता गतिविधिहरु निरुत्साहित गर्न अभियानमार्फत टोल–टोलमा सुरक्षा समिति गठन गरेर अघि बढेको जानकारी दिए ।

चालु आर्थिक वर्षको ११ महिनामा सुर्खेत प्रहरीको तथ्याङ्कमा २५ हजार अवैध घरेलु मदिरा र त्यसमा प्रयोग हुने ३४ हजार लिटर कच्चा पदार्थ जफत गरेर नष्ट गरेको उल्लेख छ । सोही अवधिमा ४१ ग्राम व्राउन सुगर सहित ४४ जना लाई प्रक्राउ गरेको छ । 

३० जना विरुद्ध अदालतमा मुद्दा दर्ता प्रक्रिया अघि बढेको चतुर्वेदी बताउँछन् । प्रहरीले सुर्खेतका विभिन्न ठाउँहरुबाट ५८ किलो ५ सयग्राम चरेस पक्राउ गरेको छ भने २ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । दुव्र्यसनीहरुको अखडाहरुबाट नियन्त्रणमा लिइएका ३ सय ९५ जनालाई अभिभावकको रोहवरमा छोडिएको प्रहरीको तथ्याङ्कमा छ । सामाजिक विकृति रुपमा रहेकोे यौन व्यवसाय पनि प्रहरीको विषेश निगरानिमा छ । 

सुर्खेतका साना वा ठूला होटेलहरुमा यो धन्दा सञ्चालनमा रहेकाले यसको निराकरण गर्न सादा पोशकमा प्रहरीहरु व्यपाक मात्रामा परिचालन गरिएको छ । चतुर्वेदीले ‘टोलटोलमा प्रहरी’ अभियान कार्यक्रमलाई नागरिकले सहयोग गरे सामाजिक विकृतिमा कमी आउनेमा विश्वस्त छन् ।

सुर्खेतमा आत्महत्याको दर पनि भयावहस्थिति रहेको प्रहरी तथ्याङ्कमा समावेश छ । ११ महिनामा मात्रै ५६ जना झुण्डिएर, १७ जना विष सेवन गरेर र १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेका छन् । पारिवारिक तनाव, बेरोजगारी, मायामा धोका, गरिवीका कारण हात्महत्या गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । तर प्रहरीले यस्ता व्यक्तिहरुलाई परिवारले हौसला दिएमा आत्महत्या हुनबाट रोक्न सकिने बताउँछ । यसलागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र मनोसामाजिक परामर्श दिए आत्महत्याका घटनामा कमी आउने प्रहरीको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने