2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट दरबारको पुनःनिर्माण असोजदेखि

वासुदेव पौडेल/असार ५, नुवाकोट | विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पृथ्वीनारायण शाहले निर्माण गरेको ऐतिहासिक साततले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण हुने भएको छ । 

दरबारको पुनःनिर्माणका लागि चासो देखाएको चीनले आगामी असोज महिनादेखि निर्माण कार्य थाल्ने भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले जानकारी दिनुभयो ।

 

नेपाल एकीकरणको आधारस्तम्भका रुपमा रहेको साततले दरबार भूकम्पका कारण क्षतिग्रस्त बनेपछि हाल टेको लगाएर राखिएको छ भने दरबार अगाडिका नारायण र विष्णु मन्दिर पूर्णरुपमा क्षतिग्रस्त छन् । 

प्रमुख फुयाँलका अनुसार दरबार परिसरमा नै रहेको भैरवी मन्दिरको ठेक्का सम्झौता भई निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । 

भैरवी मन्दिर अगाडिको लामपाटी, सेतोपाटी, दरबार परिसरमा नै रहेको गारद घर, रङ्ग महलका साथै दरबारको नजिकै रहेको तलेजु भवानीको मन्दिर पनि चीन सरकारले नै निर्माण गरिदिने फुयाँलले बताउनुभयो । “अघिल्लो वर्ष भदौमा १५–१६ जना चिनियाँ प्राविधिकले २० दिन लगाएर क्षतिग्रस्त दरबारको सर्वेक्षण गरेका थिए”, उहाँले भन्नुभयो, “अघिल्लो मंगलबारमात्रै चिनियाँ राजदूत यु होङले यस क्षेत्रको पुनः अवलोकन गर्नुभएको थियो, यो अवलोकनले पुनःनिर्माणका लागि काम अघि बढायो ।” 

राजदूतले पृथ्वीनारायण शाहले निर्माण गरेको साततले दरबार, मल्लकालीन रङ्गमहल, गारद भवन, नारायण मन्दिर, लिच्छविकालीन तलेजु भवानी राखिएको दरबार, नुवाकोट भैरवी मन्दिर छेउका सेतोपाटी र लामपाटीलगायतका स्थानको अवलोकन गर्नुभएको उहाँले जानकारी दिनुभयो । 

पृथ्वीनारायण शाहले विसं १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोटमा नै बिताएका थिए । इतिहास खोतल्दा उनले नुवाकोटमा विजय हासिल गरेपछि मल्लकालीन दरबार एवं मन्दिर कायमै राखी त्यहीबाट सामाजिक तथा आर्थिक क्रियाकलाप अघि बढाएको पाइन्छ । 

किंवदन्तीअनुसार पृथ्वीनारायण शाहले ललितपुरका कालीगढ झिकाई शुरुमा नौतले दरबार बनाउन लगाए पनि १९९० सालको सालको महाभूकम्पले दुई तला भत्किएर सात तलेमात्र हुन पुगेको हो । 

मल्लकालीन समयमा मल्ल राजाहरूले पाँच तला र सर्वसाधारण जनताले तीन तलासम्मको घर बनाउने स्थिति बाँधे पनि उपत्यकाका मल्ल राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएको पाइन्छ । 

सात तला रहेको दरबारको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने व्यवस्था मिलाइएको र त्यहाँस्थित युद्घ बन्दीलाई थुन्ने खोर, दरबारको सुरक्षाका लागि भुइँतलामा आँखीझ्याल आदिको निर्माणले यसलाई वास्तुकलाको विशिष्ट नमूना मान्ने गरिएको छ । 

मल्लकालीन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा रहेको यस ऐतिहासिकस्थललाई भूकम्पले ठूलो क्षति गराएको स्थानीय ज्येष्ठ नागरिक नारायण डङ्गोलले बताउनुभयो । 

उहाँका अनुसार दरबार र आसपासका संरचना भूकम्पका कारण क्षतिग्रस्त भए पनि स्वदेशी एवं विदेशी पर्यटक नुवाकोट दरबारको अवलोकन गर्न आउने गरेका छन् । 

नुवाकोट दरबारका साथै यहाँस्थित तलेजु भवानी, भैरवी मन्दिर धार्मिक आस्था एवं विश्वासका महत्वपूर्णस्थल हुन् । 

नुवाकोट र आसपासका स्थानबाट भैरवी मन्दिरको दर्शनका लागि दर्शनार्थी आउने गरेको मन्दिरको हेरचाह गर्दै आउनुभएकी ६० वर्षीया ज्ञानी डंगोलले बताउनुभयो । 

“मन्दिरमा दर्शनका साथै दरबार हेर्न दैनिक धेरै मानिस आउने गरेका छन्, मंगलबार र शनिबार त भीडभाड नै लाग्ने गरेको छ”, उहाँले भन्नुभयो, “भूकम्पले क्षतिग्रस्त भैरवी मन्दिरको पुनःनिर्माण लगभग सकिए पनि दरबार र आसपासका मठ मन्दिर बन्न सकेका छैनन् चाँडो बनिदिए हुन्थ्यो ।” 

चिनियाँ सरकारले दरबारसहितका संरचना पुनःनिर्माण गर्ने चासो र तयारी गरेसँगै स्थानीयवासीमा नुवाकोट दरबारले पुनः पूर्ववत्स्वरुप प्राप्त गर्ने विश्वास पलाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई