2026-10-15 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

जेठ २२ गतेदेखि मलेखु र बैरेनी अन्धकारमय

सीताराम अधिकारी | असार ५, मलेखु | नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण धादिङ गल्छी गाउँपालिका–६ बैरेनी महेशदोभान र गजुरी गाउँपालिका–२ मलेखुबजार क्षेत्र दुई सातादेखि अन्धकारमय भएको छ । 

पृथ्वीराजमार्गको महेशदोभानबाट माझीखेत, माझीलोसे, रैकर, बराडाँडालगायत गाउँतर्फ गएका विद्युत् लाइनमा समस्या आएपछि गत जेठ २२ गते देखि सो क्षेत्र अन्धकारमय भएको हो । 

राजमार्गबाट २० मिनेटको दूरीमा रहेको बस्ती दुई सातादेखि विद्युत्विहीन हुँदा पनि कुनै पनि निकायले सहयोग नगरेको स्थानीय केशव अधिकारीले बताउनुभयो । 

माझीखेतस्थित भर्खरै सञ्चालनमा आएका बालुवा प्रशोधन उद्योगमा जोडेको विद्युत् लाइन हावा चलेको बेला एकापसमा जुध्ने भएपछि प्राधिकरणले बस्तीतर्फको लाइन काटिदिएर उद्योगमा भने नियमित विद्युत् सञ्चालन गरिदिएको छ । 

उद्योग वरिपरिका घरमा पनि बिजुली बलिरहेको छ । त्यहाँबाट २०० मिटर टाढाको बस्तीका सर्वसाधारणलाई भने टुकीको भरमा बस्नु परेका छन् । 

गाउँका ३० घर परिवार दुई सातादेखि बिजुली उपभोग गर्नबाट वञ्चित हुनुपरेपछि काटिएको लाइन जोडी दिन आग्रह गर्दै गाउँवासी दर्जनौँै पटक विद्युत् प्राधिकरण गजुरी शाखामा पुगिसकेका छन् । 

गाउँवासीले लाइन जोेडी दिन मौखिक तथा लिखित अनुरोध गरे पनि प्राधिकरणले बेवास्ता गरेको स्थानीय नमराज काराखेती बताउँछन् । विद्युत् प्राधिकरणले गाउँवासीलाई नटेरेपछि उनीहरुले गल्छी गाउँपालिका, धादिङ क्षेत्र नं १ का सांसद भूमिप्रसाद त्रिपाठी, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण धादिङ शाखामार्फत पनि ध्यानाकर्षण गराएका थिए तरपनि हालसम्म खासै उपलब्धि हुन नसकेको काराखेतीले बताउनुभयो । 

राजमार्गबाट गाउँतर्फ लगिएको बिजुलीको लाइन जोडिएको काठको पोल मक्किएर ढल्ने क्रममा छन् । गाउँमा रहेका काठको पोल पनि सामान्य हावाचल्दा भाँचिने डर छ, केही ठाउँमा भाँचिएको पोललाई टेको दिई अड्याएर राखिएको प्रवीन भण्डारीको भनाइ छ । 

यस सम्बन्धमा वडाध्यक्ष राजन श्रेष्ठ वडाले मात्र समस्या समाधान गर्न नसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले नै समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलले छिटो टोली पठाएर समस्या समाधानका उपाय खोजिने जानकारी दिनुभयो । यसअघि गाउँमा लगिएको स्टिलको पोल समेत कहाँ कसरी गाड्ने भन्ने थाहा नभएर अलपत्र अवस्थामा छ । 

यसैगरी गजुरी गाउँपालिका–२ मलेखु बजार आसपासको क्षेत्रमा पनि दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा बजारवासी मर्कामा परेका छन् । माछा बजारका रुपमा रहेको मलेखुमा विद्युत् नहुँदा माछा बिग्रने गरेको र पटकपटक विद्युत् लाइन नियमित गर्न बजारवासीले माग गर्दा बेवास्ता गरेको मलेखुका सामाजिक कार्यकर्ता तिर्थ सिलवालले बताउनुभयो । 

मलेखु बजार र आसपासका गाउँमा समेत विद्युत सेवा नपुगेको बेला बालुवा प्रशोधन मेशिनमा सञ्चालनका लागि बिजुली जोडिएपछि बजारमा समस्या आएको र ठूलो ट्रान्समिटर राख्न माग गर्दा स्थान उपलब्ध नभएको आरोप लगाउँदै विद्युत् प्राधिकरण गजुरी शाखाले काम नगरेको मलेखु बजारका रामहरि थापाले बताउनुभयो । 

मलेखुको समस्या सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलसँग बुझ्दा समस्याको छिटो समाधानका लागि आफूले पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने