2026-09-19 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला प्रशासन परिसरमा कहाँबाट आए रक्सीका बोतल -फोटो फिचर

पर्वत, प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अबसरपारी जिल्लामा चलिरहेको अभियान अन्तरगत जिल्ला प्रशासनमा रहेको फोहोर उठाइएको छ । जिल्ला प्रशासनमा रहेको चमेना गृह पछाडी रहेको एक ट्रक फोहोर उठाइएको हो । “सभ्य नागरीकको पहिचान , सफा कुश्मा अभियान” अन्तरगत हरेक बुधकार जिल्लामा फोहोर संकलन गर्ने गरीएता पनि प्रथम पत्रकारीता दिवसको अबसरपारी विहिबार फोहो संकलन गरीएको हो ।

13151803_684037808404109_5941820446689734752_n

जिल्ला प्रशासनमा रहेको फोहोर यो भन्दा पहिले पनि उठाइएता पनि विहिबार भने सो भन्दा दोब्बर फोहोर निकालिएको हो । खाडलमा झाडीले पुरी राखेको अबस्थामा वियर, तथा अन्य मदिराका बोतल सहतिको एक ट्रक फोहोर निकालिएको हो । यता खानीगाउँलाई गाबिसलाई सरसफाई यूक्त गाबिस घोषणा गर्न तिब्र रुपमा तयारी थलेको गाबिस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले बुधबार संयन्त्र प्रमुख तथा बिभिन्न राजनितिक दलका व्यक्तित्वहरु र स्थानीयबासीको उपस्थितिमा बिभिन्न निर्णयका साथ बैठक सम्पन्न गरेको हो ।

13124912_684038241737399_6418333009077971623_n

गाबिस सचिव सूर्य प्रकाश लमीछानेको अध्यक्षतामा बसेको बैठकले सरसफाईका सुचकहरु को बारेमा छलफल गर्दै खानीगाउँ गाबिसलाई पुर्ण सरसफाई यूक्त गाबिस घोषणा गर्नका निम्त्ति बिभिन्न सार्वजनिक ठाउँहरुमा फोहोर संकलनको लागी उक्त गाबिसका वडाहरुमा करिब ८० ओटा सिमेन्टका रिगंहरु बनाउने निर्णय गरेको छ । त्यस्तै पुर्ण सरसफाई यूक्त गाबिस घोषणा गर्ने कार्यक्रमलाई सहयोग पु¥याउन र सबैको आनीवानी परिर्वतको लागी सानो साईजको होर्डिङ बोर्ड छपाउने तथा फोहोर मलाई लेखिएको स्टिकर ५ सय थान,सुचक सहितको निलो र हरियो स्टिकर ५ सय थान छपाउने निर्णय पनि गरिएको छ ।

13177645_684036411737582_1569241249070748775_n

बैठकमा हाल सम्म बन्न बाकीँ रहेका कच्चि शौचालय पक्कि बनाउन प्रेरित गरिनुका साथै यहि बैशाख २५ देखि २८ गते सम्म गाबिसका सबै वडाहरुमा अनुगमन गरि सरसफाईका सम्पुर्ण सुचक पुरा गरेका घरहरुमा स्टिकर टास्ने निर्णय समेत भएको गाबिस साहायक बुद्धिराज शर्माले जानकारी दिए । उहाँका अनुसार बिभिन्न व्यक्तिहरुको नेतृत्वमा टोलि परिचालन गरिने छ । जसमध्ये यहि बैशाख २५ गते गाबिस सचिव सूर्य प्रकास लमीछानेको नेतृत्वमा वडा नं १ मा अनुगमन टोली पुग्ने छ भने वडा.नं.२ मा हिरामणि सापकोटा वडा नं.३ मा सञ्जु सापकोटा तथा वडा नं.७ मा दिपक पौडेलको नेतृत्वमा अनुगमन टोलि परिचालन गरिने छ ।

13096016_684038661737357_617684998026773346_n

यस्तै २६ गते गाबिस सचिव सूर्य प्रकाश लामीछाने को नेतृत्वमा वडा न.३ तथा वडा नं.९ मा दिपक पौडेलको नेतृत्वमा अनुगमन टोलि खटाईने निर्णय भएको छ । बैशख २७ गते सूर्य प्रकाश लामीछाने कै नेतृत्वमा वडा नं.४ तथा ढकाराम सुवेदीको नेतृत्वमा वडा नं. ५ मा अनुगनकर्ता खटाईने छ । यस्तै बैशाख २८ गते दिपक पौडेलको नेतृत्वमा वडा नं.८ मा अनुगमनकर्ता खटाईने निर्णय गरिएको छ । अनुगमन टोली घर घरमा आउने हुदाँ गाबिसबासीहरु लाई सरसफाईका सम्पुर्ण सुचकहरु पुरा नभएको भए पुरा गर्न गाबिसले आग्रह पनि गरेको छ । पुर्ण सरसफाई गाबिस घोषण गर्नको लागी आर्थीक अभाव भएका कारण सम्पुर्ण संघ सस्था,समुह तथा माननीय सांसदहरु लाई समेत आर्थीक सहयोगको माग गरिएको लकास सुवेदीले जानकारी दिए ।खानीगाउँ गाबिस लाई यहि जेष्ठ मसान्त भित्रमा पुर्ण सरसफाई यूक्त गाबिस घोषण गरिने लक्ष्य राखिएको छ ।

13164424_684038298404060_4830906941568501342_n

13178523_684038868404003_3707150827879694277_n

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो