२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-खडेरीको मारमा कृषक

२०७३, २४ बैशाख शुक्रबार ०३:४१

लामो सयमदेखि पानी नपरेका कारण यतिबेला जताततै कृषकहरु  पानीको लागि हारगुहार गरीरहेका छन् । ठाउँठाउँमा पानीका देव इन्द्र र महादेवलाई खुसी पारी पार्न पर्छ भनेर अखण्ड कृतन तथा भजन गाउने कृषकको यतिबेला ठाउँठाउँमा भेटिन थालेका छन् । कतै बली दिएर भगवानको पुजा गरेर त कतै भजन कृतन गरी भगवानलाई खुसी तुल्याउन यतिबेला कृषकहरु तल्लीन छन् ।

लामो समयदेखि परेको खडेरीका कारण हिउँदेबाली तथा यतिबेला खेतबारीमा भएका मकै हिउँदे धान, गहुँ, मुसुरो, चना, जौ, आलु, तरकारी बालीअन्तर्गत टमाटर, काउली, बोडी, आँप, लिचीलगायत अन्य खेती सुकेर मर्न थालेका छन् भने कतिमा त्यसको प्रभाव अतिनै बढेको। बर्षा शुरु भैसकेता पनि पानीको अभावका कारण कृषकले धानको विउ राख्नको लागि कठिन भैरहेको छ । भने लामो खडेरीका कारण जताततै आगोलागीका घटना पनि दिनप्रत्येक दिन बढिरहेका छन् ।

लामो खडेरीका कारण यसबर्ष  कृषिउत्पादनमा कम हुने पक्कापक्की छ जसको प्रत्यक्ष असर समग्रह आर्थिक वृद्धिमा पर्ने देखिन्छ । भूकम्प र लामो नाकाबन्दीका कारण देशका मौलाएको कालो अर्थतन्त्रलाई छिचोल्दै  तंंग्रिन खोज्दै गरेको अर्थतन्त्र फेरि खडेरीको मारमा परेको छ। गत वर्षभन्दा यो वर्ष खडेरी लम्बिँदा पानी चाहिने मौसममा अधिकांश मुहानसमेत सुकेर देशभरका किसानले सिँचाइ गर्न सकेका छैनन्। खडेरीका कारण गरिबीको       रेखामुनि रहेका करिब ७ लाख किसानको बिचल्ली हुने पक्का छ भने       यता सरकारको चालु आवधिक योजनाको गरिबीलाई १८ प्रतिशतमा झार्ने सरकारको लक्ष्य असफल हुने निश्चित छ। चर्को खडेरीका कारण           देशभरी गरी २० देखि ८० प्रतिशतसम्म बाली नष्ट भएको तथ्याङ मन्त्रालयले राखेको छ ।

खडेरीका कारण देशमा देखिएको कृषि क्षेत्रको भयावहक स्थीतिले यस वर्ष अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने देखिन्छ र त्यसले व्यापार घाटा झन् बढ्ने पक्का छ। कृषि क्षेत्रमा खडेरीले पारेको संकटका कारण प्रतिस्पर्धाको रुपमा मानिएको कृषि क्षेत्रमानै आयात गर्नुपर्ने भएपछि व्यापार घाटा भयावह रुपमा बढ्ने पक्का छ। आकाशे पानीको भरमा खेती गर्नुपर्ने समयमानै कृषितन्त्रमा देखिएको खडेरीका कारण यस बर्षको आर्थिक   भार आयातमा नै जाने पक्का नै छ । जसका कारण कृषि क्षेत्रमा राज्यले      गरेको लगानीमा समेत खडेरीले प्रभाव पार्ने देखिन्छ । समयमानै पानी नपर्दाको पीडा सवै भार खाद्यन्न आयात र समग्रह अर्थतन्त्रमा देखिने पक्का छ जसका कारण देशको अर्थतन्त्र नाजुक हुने स्थीति पक्कापक्की छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ