2026-07-02 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यसरी हुदै छ पर्यटन प्रर्वद्धनको नाउमा लाखौ रकम दुरुपयोग गरिदै ,

पर्वत, पछिल्लो पटक पर्वत जिल्लामा पर्यटन प्रर्वद्धनको लागि विनियोजन भएको रकम दुरुपयोग हुदै आएको छ । कहिले हम्पाल लेक त कहिले ¥याप्टीङ गरी पर्यटन प्रर्वद्धन गर्ने भन्दै यहाँका केहि राजनीतिक दल र आफूलाई पर्यटनविद भन्नेहरुले रकमको चरम दुरुपयोग गरेको देखिएको हो ।

पर्यटन प्रर्वद्धनको लागि छुट्टिएको तीन बर्ष यताको एक करोड रकम कसरी दुरुपयोग भएको रहेछ भन्ने कुरा अहिले प्रष्ट हुन थालेको छ । जिल्लामा पर्यटकीय क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रको प्रचारप्रसार विकास गर्नको लागि र पर्यटकीय गन्तव्य स्थलका रुपमा विकसीत गर्नेको बदला यहाँका केहि आफुलाई पर्यटनविद भन्नेहरुले विनियोजन भएको रकममाथि कब्जा गरेको प्रष्ट देखिएको छ ।

पर्वत जिल्लामा पछिल्लो समयमा पर्यटकहरुको आगमन बढ्दो छ तर पर्वतमा के कति पर्यटक आए र उनीहरुले जिल्लाका कुनकुन स्थलमा पुगे त्यसको यहाँका सरोकारवाला निकायसँग तथ्याङकनै छैन । गर्मीयाम शुरु भएसँगै कालीगण्डकी नदीमा ¥याप्टीङगर्न आउनको क्रम जारी छ र त्यो संख्या बढ्दो पनि छ तर यहाँका पर्यटक र पर्यटन व्यवसायसँग सम्बन्ध राखेका भनिएका संघसंस्थासँग त्यसको आकाँडा भने छैन ।

kali-gandaki-river-rafting14
जिल्ला विकास समिति अन्तरगतको पर्यटन प्रर्वद्धनका लागि विनियोजन भएको रकममा यहाँका केहि व्यक्तिगत स्वार्थ बोकेका मानिसहरुको हातमा पुगेको छ जसका कारण जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन हुनुको सट्टा विनियोजन भएको रकम हिनाविना गर्ने बाहेक केहि काम भने हुन सकेको छैन । केहि समयमा जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने भन्दै यहाँका राजनीतिक दल, तीनका कार्यकर्ता, पर्यटनविदका नाममा चिनिएका पर्यटनविद भनौदाहरुले हम्पाल लेकसम्मको पर्यटन प्रर्वद्धन र विकास गर्ने भन्दै लाखौ रकम दुरुपयोग गरेको केहि समय वितिनसक्दा फेरि जलयात्रा गरी पर्यटन प्रर्वद्धनकोे नाममा लाखौको रकम घोटला गरेका छन् । पर्यटन प्रर्वद्धनको नाउमा गरीने यस्ता हर्कतमाथि सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।

खेत जोते धान आफै फल्छ भने जस्तो हो
खेत जोतेर धानको विउ नछरि धान फल्छ भने जस्तो गरी यहाँका पर्यटन विद भनौदाँहरुले लाखौ रकमको खुलेआम दुरुपयोग गरेका छन् यस तर्फ कसैको ध्यान जान भने अझै सकेको छैन । पर्यटन प्रर्वद्धन हुन्छ र गछौं भन्दै आफै मोजमस्तीमा निस्कने यहाँका पर्यटनविद भन्नेहरु कस्ता प्रविधिका हुन त्यो भने बुझ्न जरुरी छ । दिनदिन भकारीको धान जिकेर भात खाने, खेती नगर्ने अनि भकारी भोरिन्छ धानले भन्ने यहाँका पर्यटन विदलाई पर्यटन प्रर्वद्धनका लागि  विनियोजन भएको रकम मामाको धन फुपुको श्रद्धा जस्तो भएको छ ।

दलका पत्रकार साँची
पटक पटक जिल्लामा पर्यटन प्रर्वद्धनको लागि छुट्टिएको रकम दुरुपयोग भएको संचारमाध्यममा खबर आएपछि यस पटक भने दलका पत्रकारलाई समावेश गरी विनियोजन रकम मासु र रक्सीमा सिध्याउने यहाँका पर्यटनविद भन्नेहरुले स्वाहा  पार्न खोजेका छन् । दलको सिफारिसमा गएका त्यस्ता पत्रकारले कस्तो समाचार लेख्लान् र त्यसले विनियोजन भएको रकमको आयव्यय कसरी प्रस्तुत गर्छन त्यो भने प्रतिक्षाको विषय बनेको छ । विनियोजन भएको रकमको आर्थिक पारदर्शीता बाहिर ल्याउनको लागि यस तर्फ सरकोरवाला निकयको ध्यान जानु आवश्यक छ ।

 
अनविज्ञ सदस्य

पर्यटन प्रर्वद्धनको लागि आयोजना गरीएको ¥याफ्टीङ सम्मबन्धी सम्बन्धी समितिका सदस्य समेत अनविज्ञ रहेको पाइएको छ जसले गर्दा पर्यटन प्रर्वद्धनको नाउमा ठूलो आर्थिक चलखेल भएको समेत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध