2026-07-24 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरो पीडितलाई राहत

गतवर्षको पहिरोले घरगोठ गुमाएका देउराली ४ जयलेका १२ परिवारलाई जस्ता पाता र कम्बल बितरण गरिएको छ । रोटरी क्लव अफ पर्वत र पोखराको सहयोगमा १५ बण्डल जस्तापाता र प्रति परिवारलाई दुईवटाका दरले कम्बल बितरण गरिएको हो । प्रभावित क्षेत्रमै पुगेर जिल्ला  दैविप्रकोप उद्धार समितिका संयोजक झंकनाथ ढकाल, स्थानीय विकास अधिकारी युवराज पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतको टोलीले टोलीले राहत सामाग्रि बितरण गरेको रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रमका अवसरमा पहिरोपीडितहरुको समस्याका बारेमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले वर्षायाममा पहिरोले क्षती पुग्नसक्ने बस्ती भएकोले त्यहाँका बासिन्दा जोखिममा बस्न बाध्य भएको बताउनुभयो । उहाँले त्यो बस्ती स्थानान्तरणका लागि गतवर्ष केन्द्रमा पहल हुन नसकेको भए पनि यो वर्ष आफूले बिशेष प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा स्थानीय विकास अधिकारी पौडेलले जयलेको पहिरो सबैतिर चर्चाको विषय भएकोले त्यहाँ समस्यामा परेकाहरुका लागि सरकारी निकायको चासो रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा स्थानीय एकनाथ शर्माले आफूहरुको समस्या राज्यले नसुने पनि रोटरी क्लवले राहत सामाग्रि दिएर ठुलो गुण लगाएको बताउनुभयो ।

रोटरी क्लव अफ पोखराका अध्यक्ष ज्ञानेन्द्र सिग्देलले सात महिनाअघि बाचा गरेको राहत सामाग्रि मुलुकको विषम अवस्थाका कारण ढीलागरि मात्रै ल्याउन सकेको भन्दै पीडित बस्तीमा विद्युत समस्या भए बीस थान सोला लाइट दिने बताउनुभयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकास प्रसाई, पूर्व अध्यक्ष प्रेमप्रसाद शर्मा, अध्यक्ष गणेशबहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक