2026-07-03 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाचार लेख्ने पत्रकारलाई तह लगाउँछु भन्ने यि हुन् पर्वतका पशु अधिकृत पाण्डे

bishnu pandey२५ वैशाख पर्वत, पर्वतका एक अधिकृत स्तरका कर्मचारीले प्रेश स्वतन्त्रताको खिल्ली उडाएका छन् । जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत विष्णुवहादुर पाण्डेले समाचार लेखेको भरमा पत्रकार महेन्द्र जिसी र समाचार प्रकाशन र प्रसारण गर्ने जिल्लाका सञ्चारमाध्यमलाई गुण्डा लगाएर तह लगाउने बताएर प्रेस स्वतन्त्रताको उलंघन गरेका हुन् ।

यहि वैशाख ११ गते कार्यालयको अनियमितताको बारेमा सञ्चारमाध्यममा समाचार प्रसारण र प्रकाशन भएपछि पशु विकास अधिकृत पाण्डेले समाचार संग सम्बद्ध पत्रकारहरुलाई तह लगाउने धम्किपूर्ण अभिव्याक्ति दिएका हुन् । उनले पत्रकार महासंघ पर्वतका सहसचिव राजवावु पिसी मार्फत उक्त कुरा सम्बद्ध पत्रकारहरुलाई सुनाईदिन खबर पठाएका हुन् । एउटै कार्यालयमा २५ वर्ष अधिकृतको रुपमा काम गरेर करौडौं घोटला गरेको आरोप लाग्दै आएका पाण्डेले पत्रकारलाई धम्काएर आफ्ना कर्तुत लुकाउने योजना बनाएका हुन् ।

समाचार संकलनको क्रममा वैशाख ११ गते शुक्रबार कार्यालयमा पुगेका पत्रकार महासँघका सहसचिव राजवावु पिसी मार्फत कार्यालयमा भएको अनियमीता  लेख्ने  र  प्रसारण गर्ने सञ्चारमाध्यमका पत्रकारलाई खोजी खोजी तह लगाउने अभिव्याक्ति दिएर प्रेस स्वतन्त्रता माथि धावा वोल्ने कुचेष्टा गरेका हुन् ।

गत वैशाख ११ गते ‘कर्मचारी वैठकमा सेवाग्राही कार्यालयको ढोकामा’ शिर्षकको समाचार प्रति उनले असन्तुष्टि पोख्दै केहिदिनमै गुण्डा लगाएर पत्रकारहरुलाई तह लगाउने बताएका हुन ।  सञ्चारमाध्यममा आएका समाचार प्रति खण्डन गर्ने अधिकारको व्यवस्था रहेतापनि समाचार खण्डन गर्नुको सट्टा पत्रकारमाथी नै जाईलाग्ने हर्कत देखाउनुले प्रेस स्वतन्त्रतामाथि हमला भएको नेपाल पत्रकार महासंघ पर्वतले जनाएको छ ।

समाचारको विषयमा धम्कि दिएको वारे प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई पत्रकारले मौखिक जानकारी दिएकोमा समेत पाण्डेले विरोध गरेका छन् । पशु कार्यालयका हाकिम सुधिर थापाले समेत पाण्डेको बचाउ गर्दै कार्यालयका कुनै पनि गतिविधिहरुको गुनासो गर्ने अधिकार पत्रकारलाई नभएको विवादास्पद अभिव्याक्ति दिएका छन् । थापाले सेवाग्राहीले मात्र कार्यालयको कामकारवाहिको बारेमा उजुरी गर्ने अधिकार रहेको तर पत्रकारलाई भने नभएको बताएका छन् ।

नेपालको  संविधान २०७२ ले सुचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेका छ । कुनै पनि कार्यालयमा भएको अनियमितताबारे आम नागरिकले गुनासो गर्न पाउनुपर्ने कुरा समेत संविधानले व्यवस्था गरेको छ । कुनै पनि सरकारी कार्यालयमा अनियमितता भएको बारेमा समाचार लेख्न पाउनुपर्ने प्रेस स्वतन्त्रता अन्तर्गत पर्दछ तर पशु सेवा कार्यालयले आफ्नो कार्यालयको अनियमितता बाहिर ल्याएकोमा पत्रकारलाई तह लगाउने धम्कि दिनुले नागरिकलाई सूचनावाट वञ्चित गराउने कुचेष्टा गरेको ठहरिन्छ ।

सरकारी कार्यालयमा भए गरेका काम कारवाहि र आर्थिक गतिविधिको हरेक तीन महिनामा सार्वजनीकिकरण गर्नुपर्ने नीतिगत व्यवस्था नेपाल सरकारले जारी गरेको अवस्थामा कार्यालयले अनियमितता सार्वजनिक हुने त्रासले पत्रकारलाई धम्काउनु गैरजिम्मेवारीपना हो । जिल्ला प्रसासन कार्यालयले लिखित तथा मौखिक उजुरी परेमा पत्रकारलाई धम्कि दिने कार्यालय प्रमुुख तथा कर्मचारीलाई कारवाहि गर्न सकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रसासनमा आएर धम्कि उपर उजुरी गर्न आग्रह गर्नुभएको हो ।  घटनाको गम्भिरतालाई हेरेर आफुले कारवाहि प्रक्रिया अगाडी बढाउने ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक