३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दल, सरकार र बजेट

२६ बैशाख २०७३, आईतवार ०४:१५

केपी शर्मा ओली नेतृत्वको सरकारको पछिल्लो समयमा निकै आलोचना खेपी रहेको छ । सत्तापक्षमा रहेका दलहरु पनि उनको कार्यप्रति असन्तुष्ट जनाउँदै आएका छन् जसका उपज सरकार परिर्वतनको माग उठिरहेको छ । केही दिन अगाडी सरकार परिर्वतन हुने हल्लाले सत्ताको नेतृत्व गरेको एमालेभित्र खैलाबैलानै भयो । उसो त ओली नेतृत्वको सरकार देशको लागि नभएको आरोप एमाले भित्रैकै शिर्ष नेता तथा पूर्व प्रधानमन्त्री भैसकेकाहरुले समेत लगाउँदै आइरहेका छन् । एकाएक सरकार परिर्वतन हुने भयले यस बर्ष जेठ १५ मा ल्याउने भनीएको बजेट पनि अन्योलतर्फ मडारीएको थियो तर सरकार ढल्ने कुरा हावामा मात्रै सिमित भयो ।

सरकार परिर्वतन पछि सरकारको नेतृत्व लिन चाहेको काँग्रेसभित्र पनि सरकार ढल्यो, ढल्यो भन्दाभन्दै सरकार बचेपछि काँग्रेसमा रुवाबासीनै भयो । नेताहरु एकले अर्कालाई हिलो छ्याप्ने काम समेत गर्न भ्याए । सवैभन्दा ठूलो दल भएरपनि सरकारबाहिर बस्न बाध्य भएको काँग्रेसलाई सरकारबाहिर बस्नुको पीडा त थियो त्यसमाथि ढल्यो भनेको सरकार फेरी तङ्ग्रीएपछि उसलाई ठूलो धक्का लाग्यो । विशेष प्रायोजनको लागि भन्दै हस्ताक्षर अभियान संकलन गदै मधेसी मोर्चालाई समेत सरकार ढलाउन सहयोग मागेको काँग्रेस अन्तत प्रतिपक्षको भूमिकामानै बस्न बाध्य भएको छ ।

सत्तामा रहेका दल र सत्ता बाहिर रहेका तथा आन्दोलनरत मधेसी दलहरुको मोर्चा सरकार ढलाउनको लागि प्रयासरत छन् तर सरकार ढल्न सकेको छ । सरकार ढल्यो भन्दा चर्को आलोचना खेपेका प्रचण्ड पहिले देशभक्तिका रुपमा देखिएता पनि अहिले देशविकासको बाधकको चर्को  विरोधीका रुपमा आलोचित भैरहेका छन् ।

यस बर्ष जेठ १५ गते ल्याउन लागिएको भनीएको बजेटको आकार भने लोकप्रिय कार्यत्रमहरु राखेर १० खर्ब बारबरको बजेट प्रस्तुत गर्ने सरकारले       तयारी गरेको छ । सरकार परिर्वतनको हल्लासँगै ओझेलमा पर्न लागेको आगामी बजेट सरकारले ०५१ को ९ महिने शाशनकालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याएको वितरणमूखी लोकप्रिय बजेटको राजनीतिक व्याज खाइरहेको एमालेले फेरि यस्तै वितरणमुखी र लोकप्रिय बजेट ल्याउन लागेको हो । सरकारले बजेटमार्फत सरकारी कर्मचारीहरूको तलब बढाउने, बेरोजगार युवाहरूलाई विषेश सम्बोधन गर्ने, सामाजिक सुरक्षामा सरकारी खर्च बढाउने, स्वदेशी पुँजीमै ठूला अयोजनाहरूको निर्माणको घोषणा गर्ने तथा अन्य आकर्षक कार्यक्रमहरू तयार भइरहेको बताएको छ ।

‘डा. रामशरण महत र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटलाई उत्तरदायि बनाउने घोषणा गरेका थिए । तर, तीनै उत्तरदायि बजेट एक चौथाई पनि खर्च हुन सकेन जसका कारण पनि आगामी बजेट पनि यस्तै हुने त हैन भन्ने पनि चर्चा हुन थालेको छ । बजेट पारीत पछि सरकार परिर्वतन गराउन दलहरु कसरत गरीरहेकोले कार्यन्वयनका बजेट पुग्छ वा पुग्दैन भन्नेमा पनि आशंका पैदा भएको छ ।

सरकारको प्रतिपक्षमा रहेको नेका, मधेसमा आन्दोलनरत दल र सरकारमा रहेर पनि सरकारको गतिविधिबाट असन्तुष्ट बनेका दलहरु र सरकार एक आपसमा  सहकार्य गरी पारित हुन लागेको आगामी बजेट जनमुखी र कार्यन्वयनको पक्षमा लैजानको लागि हातेमालो गर्नु आवश्यक छ । अन्यथा देशको पूर्ननिर्माण, भूकम्प पीडितलाई राहत तथा पुर्नबासको व्यवस्थापन, एक बर्षमो लोडसेडिङ मुक्त र तुइनमुक्त बनाउने अभियान लगाएतका अनगिन्ती योजनाहरु तुहिएर जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ