२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारबरीमा टुंगियो

२०७३, २६ बैशाख आईतवार ०४:१७

पर्वत, राष्ट्रिय पत्रकारीता दिवस जिल्ला मुल समारोह समिति पर्वतको आयोजनामा शनिवार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा रहेका क्रियाशिल पत्रकार र कर्मचारी मिलनकेन्द्र विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता बारबरीमा टुंगिएको हो । पहिलो हाफमा १ गोल हान्दै अग्राता लिएको मिलनकेन्द्रलाई दोस्रो हाफ सकिन तीन मिनेट बाँकी रहदाँ पत्रकारले  एक गोल फर्काएपछि खेल बारबरीमा टु्गिएको हो ।

पहिलो हाफमा गोल खाएको पत्रकारको समुहलाई दोस्रो हाफमा निकै दबाब परेको थियो । गोल गर्ने धेरै अबसरलाई फुत्काएता पनि पत्रकारहरुले अन्तत दोस्रो हाफमा भने गोल गरेर खेललाई बारबरीमा टुंगाए ।  पत्रकारको तर्फबाट हेमन्त आचार्यले गोल गरेका थिए । पत्रकारको लगातारको गोलपोष्टमा पारेको दबाबलाई मिलनकेन्द्रका गोल रक्षक इन्सपेक्टर दिपक पातलीले विफल पार्दै आएका थिए तर अन्त्यमा उनी पत्रकारको लगतारको गोलपोष्टमा परेको दबाबलाई थेक्न भने सकेनन् ।

पहिलो हाफमा पत्रकार तर्फका गोल रक्षक राजु पौडेलले उत्कृष्ठ गोल बचाउ गर्दा गर्दै पनि पहिलो हाफको अन्त्यमा  हातबाट बल फुत्काए जसको फाइदा मिलनकेन्द्रले पायो । दोस्रो हाफमा पौडेले पनि उत्कृष्ठ बचाउ गरे । जसले गर्दा पनि खेल बारबरीमा टुङ्गीनको लागि सहज भयो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालपनि खेल मैदानमा उत्रिए पहिलो हाफमा खेलमैदानमा प्रवेश गरेका झंकनाथ खेलमैदानमा भने लामो समयसम्म टिक्न भने सकेनन् । २० मिनेटसम्म उत्कृष्ठ खेलेका प्रजिअ झंकनाथ त्यसपछि भने बाहिर निस्कीए । प्रथम राष्ट्रिय पत्रकार दिवसको अबसरपारी जिल्लामा तीन दिनसक्म विविध कार्यक्रमको आयोजना गरीएको थियो ।

पहिलो दिन बैशाख २३ गते सरसफाई कार्यक्रम, दोस्रो दिन प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम र तेस्रो दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरीएको थियो । प्रजिअ झंकनाथ ढकाललको अध्यक्षतामा गठन भएको राष्ट्रिय पत्रकारीता दिवस मुल समारोहमा आर्थिक सहयोग भने जिल्ला विकास समितिले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ