पर्वत । प्रतिनिधिसभाका सांसद पदम गिरीले माघमानै बृद्दभत्ता पाँच हजार पुग्ने दाबी सहित चुनावी बेलामा चर्को भाषणा गरेका थिए । उनले हरेक सभामा बृद्धबृद्धा, एकमहिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुलाई लक्षित गरी भोट माग्ने क्रममा पाँच हजार बृद्धभत्ता दिने घोषणा गर्थे ।

पुषमा सरकार बन्ने र माघमा पुरक बजेट आउने र आफूहरुले यहि बर्षदेखि पाँच हजार बृद्धभत्ता दिने दाबी गरेका सांसद पदम गिरीको त्यो भाषण चुनावी मैदानमा मात्रै विकाउ देखिएको छ । उनले बृद्धबृद्धा, अनाथ, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुको भावनामाथि खेलवाड गरेका छन् ।

अर्थात् ओली सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गरेको छैन । जसका कारण पदम गिरी जिल्लामा आचोलित हुन पुगेका छन् । चुनावको बेलामा घरघरमा पुगेर बृद्धभत्ताको राजनीति गरेर भोट मागेर जितेका गिरीलाई अहिले त्यहि आशा देखाएको प्रश्नले उनको राजनीतिमाथिनै प्रश्न चिन्ह उठाएको छ ।

पहिलो पटक सांसद पदमा उठेका र पहिलो पटकनै पर्वतबासीले पत्याएको भएपनि उनको झुटको राजनीतिका कारण आगामी दिनका निर्वाचनमा उनलाइ भारी पर्ने देखिन्छ । उनको झुटको खेतीको आगामी निर्वाचनमा पर्वत बासीले बदला लिने र सापोनापो बराबर गराउने देखिन्छ ।

सांसद गिरीले पछिल्लो समयमा बृद्धभत्ताको राजनीतिले सिंहदरबार पुर्यापनि जनताको घरमा बृद्धभत्ता पाँच हजार नपुगको गुनासोले सताउन थालेपछि उनले १ लाखको स्वास्थ्य विमा सरकारले ल्याएको भन्दै आफ्नै बोलिबाट पन्छिने गरेका छन् ।