असार ११, सर्लाही | सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-३ धनकौलबाट प्रहरीले आइतबार राति ३ सय मिलिमिटरको २५० बोतल नेपाली सौंफी मदिरा भारतीय नम्बरको मोटरसाइकल सहित दुइजना तस्करहरुलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ती दुवैजना तस्करहरुमा भारतको विहार राज्य सितामढी जिल्ला बथनाहा थाना अन्तर्गत टंडसपुर वडा न-२ निवासी गणेश साहको १८ वर्षिय छोरा रामकिशुन साह र सोही ठाउँका रामएकबाल रायको १८ वर्षिय छोरा धर्मेन्द्र कुमार यादव रहेका छन् ।

उनीहरु दुवै जनालाई आइतबार राति करिब ११ बजेको समयमा २५० थान सौंफी रक्सीका बोतलहरु दुइवटा बोरामा राखेर भन्सार चोरी पैठारी गरि भारत तर्फ लाँदै गरेकोमा अवस्थामा प्रहरीले पक्राउ गरेको मुद्दा शाखाका प्रहरी निरिक्षक कुन्दन देवले टुडेलाई जानकारी दिनुभयो ।

पक्राउ परेका भारतीय तस्कर द्वय साह र यादवलाई सौफीको बोतलहरु र रक्सी ओसारपसार गर्नको लागि प्रयोग भएको BR 30 K 1944 नम्बरको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालयले सर्लाहीमा(यो समाचार तयार पार्दा सम्म) बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

June 25, 2018
समाज, सर्लाही - SLH
सर्लाहीबाट २ जना तस्करहरु पक्राउ
By साझासवाल
3 मिनेट पढाइ