2026-09-19 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवाका २ सय ६५ घरपरिवारलाई राहत वितरण

असार १२, रसुवा | नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको छ । 

रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङका अनुसार कालिका गाउँपालिकाअन्तर्गत वडा नं २ को ९७ घरपरिवारलाई प्रतिपरिवार रु ४० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । 

यसैगरी उत्तरगया गाउँपालिका वडा नं ३ ठूलोगाउँमा भूकम्प प्रतिकार्यअन्तर्गत छनोट भएका १७१ घरपरिवारमध्ये पहिलो चरणमा १६८ परिवारलाई प्रति घरपरिवार रु १५ हजारका दरले वितरण गरिएको छ । उनीहरुलाई दोस्रोपटक रु २५ हजार भुक्तानी गरी प्रतिपरिवार रु ४० हजार प्रदान गरिने र छनोट भएका सबैलाई क्रमिकरुपले रकम प्रदान गरिने रेडक्रसले जनाएको छ । 

प्रदान गरिएको रकमबाट भूकम्प प्रभावित परिवारले आफू खुशी बाख्रा, कुखुरापालन वा तरकारीखेतीमा लगानी गरी आयआर्जनबाट आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने बताइएको छ । 

जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने पवित्र मूल नारालाई सिरोपर गर्दै रेडक्रस अगाडि बढिरहेको र भूकम्पकै असरले शारीरिक अपाङ्गता भएकी उत्तरगया गापा–३ ठूलोगाउँ निवासी सपना गुरुङको जीवन निर्वाह सहज बनाउन रु तीन लाखको लागतमा एक अपाङ्गमैत्री शौचालय र शौचालय जाने बाटोसमेत निर्माण गरिएको छ । 

रसुवा जिल्लाको दक्षिण पश्चिम भूभागमा पर्ने ठूलोगाउँ क्षेत्रमा ४५५ घरपरिवारलाई भूकम्पपछिको आवास निर्माण गर्ने जिम्मा पाएको रेडक्रसले हालसम्म ३२० घर निर्माण सम्पन्न गरिसकेको र बाँकी घरको निर्माण कार्य धमाधम अगाडि बढाइरहेको उत्तरगया गापाले जनाएको छ । 

रेडक्रसले गरेका काम गुणस्तरको भएको र खर्चका विवरण पनि समयसापेक्ष पारदर्शी हुँदै आएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई