2026-07-25 02:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काँक्रेविहार पुनर्निर्माणमा तिव्रता, ६५ प्रतिशत निर्माण सकियो

असार १२, सुर्खेत | दोस्रो लुम्बेनीका रुपमा हेरिएको पश्चिम नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माणमा तिव्रता दिइएको छ । निर्माणको निर्धारित समय सिमा सकिए पनि निर्माण कम्पनीले काँक्रेविहार स्थलमा छरिएका ढुंगाहरुको आकार मिलाउन प्रयाप्त मुर्तिकारहरु नहुँदा पनि कामलाई तिव्रता दिइएको हो ।

पुरातत्व विभागले नै काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि हाल छरपस्ट रहेका काँक्रेविहारका भग्नाशेषबाट शिखरशैलीको विहार पुनर्निमाण जारी छ । बहुवर्षिय योजना अन्तरगर्त पुनर्निर्माणको लागि विभागले भ्याट बाहेक ९ करोड ६५ लाख ६६ हजार ६४१ बजेट विनियोजन गरिएको थियो । पुनर्निर्माणार्थ २०७४ साल जेठ मसान्तसम्म निर्माण गर्ने भन्दै सिद्धबाबा कन्स्ट्रक्सन प्रा.लि.ले जिम्मा लिएको थियो । हालसम्म काँक्रेविहार पुनर्निर्णाणको ६५ प्रतिशत काम सकिएको छ । काँक्रेविहार क्षेत्रको पर्खाल र उत्तर–दक्षिणमा गेट निर्माणको काम सकिएको छ । तर मुख्य गेट निर्माणमा बुट्टा भर्ने काम भने जारी छ । काँक्रेविहार भग्नावशेषको ०५७ सालमै उत्खनन गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरु निकालिएको थियो । उत्खनन स्थलमा पुरातत्व विभागले २०६१ सालमै शिखर शैलीको मन्दिर बनाउन काम शुरु गरेपनि ०७२ सालदेखी पुनर्निर्माणको काम थालिएको थियो । 

गतवर्ष तोकिएको समयमा नसकेपछि विभागले चालु आर्थिक वर्षको जेठ मशान्तसम्म काम सक्नेगरी पहिलो पटक म्याद थप गरेको मध्यपश्चिम क्षेत्रीय संग्रालय सुर्खेतले जानकारी दिएको छ । मूर्तिका बुट्टा कुँद्ने कालिगडहरु नहुनु र सामग्री बाहीरबाट ल्याउनु पर्ने बाध्यताका कारण पुनर्निमाणमा केही ढिलाई भएको पनि कार्यालयको भनाई छ । प्रादेशीक स्तरको अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि सुर्खेत आएका संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले काँक्रेविहारको पनि स्थलगत अवस्था बुझेका थिए ।  मन्त्री अधिकारीले तत्काल काम अघि बढाएर सक्न निर्देशन दिएर फर्किएका थिए । पहिलो पटक थप भएको समयमा पनि काम नसकिएपछि मन्त्री अधिकारी, विभाग र कम्पनीको सहमतिमा दोस्रो पटकका लागि म्याद थप गरिएको छ । आगामी माघ मशान्तसम्म काँक्रेविहारको पुनर्निर्माण सक्ने गरी म्याद थप भएको मध्यपश्चिम क्षेत्रीय संग्रालयको भनाई छ । 

सिद्धबाबा कन्ट्रक्सनले प्रालिले भने सरकारी पक्षकै ढिलाईका कारण समयमै बिहार बन्न नसकेको कम्पनीका प्रमुख दिपक कार्कीले जानकारी दिए । जनशक्ति अभाव र सामग्री बाहीरबाट ल्याउँदा केही ढिलाई भएको स्वीकारेका उनले कम्पनीले सबै तयारी पूरा गर्दापनि  जडान गर्नेबेला पुरातत्व विभागको वेवस्ताका कारण ढिलाई भएको दुखेसो पोखे । बिहारको पुरानो संरचना कस्तो थियो भन्ने एकिन चित्र नहुँदा संरचनालाई पूर्ण बनाउन अर्को मन्दीरको आकृति हेर्न विभागले नलिएको कार्कीको भनाई छ । काँक्रेविहार पुनर्निर्माण गर्नुपूर्व गरेको टेन्डरमा भारतको विहारमा बनेका शिखर शैलीको मन्दीर अवलोकन गर्न ६ लाख बजेट छुट्टयाइएको थियो । तर विभागले अहिलेसम्म भम्रणका लागि निर्माण कम्पनीले लिएको छैन् । ‘हामीलाई भारतमा देखाउने भनिएको मन्दीर देखाउन विभागबाट ढिलाई भएको छ’ कार्कीले भने, ‘यदि भम्रण नै नगराएर विभागले स्टिमेट दिए दशैँसम्म काम सम्पन्न गरेर हस्तान्तरण गर्न सक्छौं, तर हामीले न भम्रणको लागि जानकारी पाएका छौं न काँक्रेविहारको अन्तिम स्वरुपका लागि स्टिेमट नै पाएका छौं  ।’ पुरातत्व विभागले १८ वर्षदेखि उत्खनन गरी मूर्ति र बुट्टा कुँदिएका ढुंगालाई संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक