३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटनका नाउँमा आँफै मोजमस्ती: छोरो, सालो र गर्लफ्रेण्ड घुमाएर लाखौंरुपैयाँ स्वाहा

२७ बैशाख २०७३, सोमबार १०:०७

refting 1 पर्वत । पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकमले जिल्लाका केही व्यक्तिहरुले कालीगण्डकी नदीमा जलयात्रा गरेर सकेकाछन् । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय, जिल्ला वन कार्यालय र केही संघ संस्थाहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्राप्त भएको लाखौं रुपीयाँ केही सिमित व्यक्तिहरु कालीगण्डकीमा ¥याफ्टिङ गरेर खोलो बगाएका हुन् ।

जिल्लाका केही राजनीतिक दल, जिल्ला विकास समतिका स्थानीय विकास अधिकारी, जिल्ला विकास समितिका पर्यटन हेर्ने कर्मचारीहरु तथा उनीहरुका परिवार, उद्योग बाणिज्य संघका केही पदाधिकारी र पर्यटन सम्बन्धी गैर सरकारी संस्था पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका पदाधिकारीका साथै उनीहरुका आफन्त र एक विदेशी नागरिक लगातयकाले जिल्लामा पर्यटन प्रवद्र्धनकाका नाउँमा आँफूहरुले मोजमस्ती गरेर रकम सकेकाछन् ।

जलयात्रामा ३४ जनाले सरकारी रकम प्रयोग गरेर मोजमस्तीमा सकेपछि जिल्लामा चर्चाको विषय बनेको छ । २ दिनसम्म भएको जलयात्रामा एक जनाको खाना बाहेक १० हजारका दरले ३ लाख ४० हजार रुपीयाँ खर्च भएको छ । यसले कालीगण्डकीमा जलयात्राका लागि विभिन्न भौतिक पूर्वाधार गर्न सकेको भए सयौं पर्यटहरुलाई आकर्षित गर्न सकिने बताईएको छ ।

मामाको धनमा फुको श्रद्धा

पर्वत पर्यटन पर्वद्धन केन्द्रले बिगत तिन, चार बर्ष देखि पर्यटन प्रर्वद्धनको नाममा लाखौं रुपैया खर्च गर्ने गरेको भएपनि त्यसको आर्थिक अवस्था भने अपारदर्शी हुँदै आएको छ । यस बर्ष पनि यससँगै अन्य कृयाकलापहरु संञ्चालन गर्नेगरी रकम आएको भएपनि त्यसको समेत कहिकतै जानकारी गराइएको छैन ।

ganessh paudel

संस्थाका अध्यक्ष शिव शर्मा पौडेलले रकम ल्याउने गरेको र एकलौटी तरिकाले खर्च गर्ने गरेको संस्था कै अन्य सदस्यहरुले आरोप लगाउँछन् । उता अध्यक्ष पौडेलले भने पर्यटन पर्वद्धनको लागि आफुले निकै प्रयास गरेको र यसले पर्वतको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउँछन् ।
पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अन्य सदस्यहरुलाई समेत थाहा नदिई जलयात्रामा लाखौं रुपीयाँ खर्च भएपछि सदस्यहरु समेत असन्तुष्ट बनेकाछन् । रकम कसरी आयो र कसरी खर्च भयो हामीलाई केही थाहा छैन नाम नबनाउने शर्तमा एक सदस्यले भने प्रवद्र्धनका नाउँमा गरिएको यस्तो खर्च प्रति हाम्रो असंतुष्टी रहेको छ । यता समाजिक संजालमा केन्द्रका सदस्य समेत रहेका गणेश पौडेलले जलयात्राको विषयमा लेखिएको एक स्टाटसमा कमेन्ट गर्दै मामाको धनमा फुपुको श्रद्धा गरेको आरोप लगाएका छन् ।

अनुमति नभएको कम्पनीको प्रयोग

अनुमति प्राप्त नभएको हिमालयन ¥याण्डम रिभर नामक कम्पनीबाट ¥याफ्टिङ संचालन गरीएको समेत बुझिएको छ । पर्यटन प्रर्वद्धन केन्द्रका अध्यक्ष शिव प्रसाद पौडेल सहित उनका आफन्तहरुको लगानी रहेका कम्पनीबाट उक्त ¥याप्टीङको आयोजना गरीएको बुझिएको छ ।

पहिलो पटक कालीगण्डकी नदीमा परिक्षणको नामा अबैध कम्पनीको प्रयोग गरी पौडेलले पर्यटन प्रर्वद्धन केन्द्रमाथि आफ्नो रवैयाँ गर्दै आएको र हरेक निर्णयमा सदस्यलाई समेत जानकारी नदिइ एकलौटी रुपमा गर्दै आएको समेत खुल्न आएको छ ।  उक्त कम्पनीले कालीगण्डकी नदीमा ¥याप्टीङ गराउनको लागि अनुमती प्राप्त नगरेको समेत विशेष श्रोतले जानकारी दिएको छ ।

fefting 2
कम्पनीले केही समयपछि मात्रै उद्घाटन गरेर आधिकारीक जलयात्रा गराउने भएपनि अहिले परिक्षण भएकाले त्यति महंगो दररेटमा खर्च गर्नु आफ्नै कम्पनीको प्रवद्र्धन गर्ने  शिवप्रसादको योजना भएको बताइएको छ । जलयात्रामा गर्नको लागि विदेशी नागरीकले सरकारलाई कर तिर्नुपर्छ तर यहाँ गलफ्रेण्ड बनाइ एक व्यक्ति लगेको बुझिएको छ । कसैले १७ त कसैले ३५ हजार विदेशी नागरीकले जलयात्रा गरे बापत सरकारलाई कर तिर्नुपर्ने बताएका छन् उक्त रकम कस्ले तिर्न हो त्यसको ठेगान छैन । अबैध कम्पनी र विदेशी नागरीक लिएर जलयात्रा गरी पर्यटन प्रर्वद्धन हुन्छ भन्ने यहाँका पर्यटनविद भनाउँदाले यता ध्यान दिन किन सकेका छैनन ।

राजनीतिक दलको पैसा उडाउन हातेमालो

जिल्लाको विकासका कुरा गर्दा आफ्नो टोल र पार्टीका कार्यकर्ता भएको ठाउँमा विकास गर्नुपर्ने माग गर्र्दै बेलाबेलामा विकासका कुरामा बाधक र आफ्नो स्वार्थको लागि आबाज उठाउने राजनीतिक दलहरु राज्यको ढुकुटी रित्याउन र खोलो बगाउन भने सहमती हुने गरेको समेत प्रष्ट भएको छ ।

fefting 3
जिल्लाको हरेक विकासका योजनामा एकले सहमत जनाएको अर्को विरुद्धमा आवाज उठाउने राजनीतिक दल अबैध कम्पनीमार्फत ¥याप्टीङ गरेर मामाको धनमा फुपुको श्रद्धा गर्न भने सहमति जनाएको देखिन्छ । ¥याप्टिङमा नेकाका सचिव विश्वप्रकाश प्रसाई, एमालेका गोविन्द पहाडी, एमाओवादीका कृष्ण पराजुली, राप्रपा नेपालका प्रकाश पौडेल, राप्रपाका इश्वर गिरी, क्रान्तिकारी माओवालीका तेजेन्द्र पौडेल, दुर्गा तमू लगाएतका दलका नेताहरु उक्त कार्यक्रममा सहभागीता जनाएका थिए ।

¥याप्टिङ गर्न जोखिम पूर्ण

कालीगण्डकी नदीमा ¥याप्टिङ गर्नको लागि जोखिम पूर्ण भएको पर्यटन तथा ¥याप्टीङ गाइट पूर्ण गुरुङले बताए । विचविचमा ¥याप्टीङ गर्नको लागि बाधक हुने किसिमका ढुंगा र खाड समेत भएका कारण जोखिम पूर्ण रहेको बताए । क्षमता भन्दा बढी यात्रु लिनु झन दुर्घटना निम्त्याउनु सरह भएको उनको भनाई छ । सो कार्यक्रमा ३२ जनाको क्षमता भएका ५ वटा डुंगाको प्रयोग भएता पनि सहभागी भने ३४ जना थिए जसका कारण थप जोखिम भएको उनको भनाई छ ।

अनियमिता छिपाउन दलका पत्रकारलाई समावेश

पर्यटन प्रर्वद्धनको लागि छुटिएको रकममाथि यहाँका पर्यटनविद भन्नेहरुले गरेको अनियमिता र अपारदर्शीता लुकाउनको लागि ¥याप्टीङमा दलका पत्रकारलाई समेत समावेश गरीएको बुझिएको छ । सम्बन्धी दल र उनीहरुको आस्थासँग जोडिएका पत्रकार संगठनका पत्रकारहरुलाई समेत जलयात्रामा समावेश गरी आर्थिक पारदर्शीता लुकाउन खोजेको प्रष्ट देखिएको छ ।

refting 5
केहि समय अगाडी हप्मापल लेकको यात्रा गरी ४ लाखको खर्च गरी पर्यटन प्रर्वद्धनको ढोग रचेको जिल्लामा चर्को विवाद भएपछि पर्यटन विद भनीएकाहरुले आर्थिक अनिमितता लुकाउनको लागि दलका पत्रकारहरुलाई सहभागीता गराई आर्थिक रुपमा ठूलो घोटला गर्न खोजेको प्रष्ट देखिएको छ । हम्पाल लेकको यात्रामा भने व्यक्तिगत पैसा लगानी गरी गरेको उक्त यात्रामा गएका तिला गिरीले बताए ।

तथ्याङ छैन सरोकारवाला निकायसँग

कालीगण्डकी नदीमा प्रत्येक वर्ष सयौं विदेशी पर्यटकहरुले साहसिक जलयात्रा गर्ने गरेको भएपनि कति पर्यटकले यात्रा गर्छन् भन्ने कुनै निकायसँग तथ्याङ्क छैन तर प्रवद्र्धन भन्दै विगत ३ वर्षदेखि डेढ करोड रुपीयाँ खर्च भईसकेको छ । ‘कालीगण्डकी नदीका धेरै ठाउँमा ठूला ठूला ढुंगाहरुका कारण बीच बीचमा झरेर जानुपर्ने भएकाले ती ढुंगाहरु फुटाउन सकेको भए त्यसले सहज हुने थियो’ व्यावसायि देब रेग्मीले भने–‘त्यसका साथै केही ठाउँहरुमा बस्ने ठाउँहरु पनि व्यवस्थित गर्नु जरुरी छ ।’

विशेष गरेर कालीगण्डकी नदीमा भएका आकर्षक दृष्य तथा छालहरुले गर्दा विदेशी पर्यटकको मुख्य केन्द्र मानिने भएपनि भौतिक पूर्वाधारको विकास हुन नसक्दा भनेजती फाईदा हुन सकेको छैन । कालिगण्डकीको ¥याफटिङलाई व्यवस्थित बनाउन कुनै पनि निकायले प्रभावकारी काम गर्न सकेको छैन तर प्रत्येक वर्ष यसरी नै रकम सकिने गरेको छ स्थानीय व्यावसायी राजु पौडेलले गुनासो गरे ।

13151694_897159417077950_3106037652760786797_n

कालिगण्डकीमा भएको उत्खनन् विभिन्न ठाउँमा आएको पहिरो र मोटरवाटो खन्दा थुनिएका ठाउँको सफाई नहुँदा ¥याफ्टिङ असुरक्षित बन्दै गएको भएपनि यसमा ध्यान नपुगेको पर्यटन व्यावसायिहरु बताउँछन् । पर्वद्र्धन गर्नुपर्ने निकायले यस्ता सानातिना काममा ध्यान नदिँदा कालिगण्डकीको महत्व गुम्दै गएको छ । विगतका वर्षहरुमा साहसिक जलयात्राका लागि कालिगण्डकी उत्कृष्ठ नदिको रुपमा रहेको थियो ।

गर्मी मौषम शुरु भएसँगै अहिले कालीगण्डकी नदीमा जलयात्रा (¥याफटिङ्ग)का पर्यटकको घुईँचो लाग्न शुरु भइसकेको भएपनि जलयात्राका विषयमा जिल्लाका कुनै निकायले ध्यान दिएको छैन तर प्रत्येक वर्ष त्यही निहुँमा पैसा सकिने गरेको छ । यसरी भएको अनियमितता समेत कसैले खोजी गरेको छैन । कहिले तालिम, भ्रमण तथा केही होडिङ बोर्ड बनाएर वर्षेनी यसैगरि रकम सकिएको भएपनि कुनै निकायले छानबिन गरेको छैन ।

refting 7
यता वर्षेनी लाखौं रुपीयाँ खर्च गर्ने जिल्ला विकास समितिले प्रवद्र्धनका बारेमा कुनै काम गरेको छैन र जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी युवराज पौडेलले यस बारेमा केही थाहा नभएको बताउनुहुन्छ । मलाई यस विषयमा केही थाहा छैन उहाँले भन्नुभयो अहिलेको जलयात्रामा हाम्रो कुनै लगानी छैन । उता पर्वत पर्यटन प्रवद्र्धन केन्द्रले भने जिल्ला विकास समिति नै प्रमुख श्रोत भएको बताएको छ । दुई निकायको समेत कुरा बाझिएपछि शंका रहेको प्रष्ट भएको आम सर्वसाधारणको भनाई छ ।

refting 8

फोटो- शिवप्रसाद शर्मा पौडेलको फेसबुकबाट साभार

सामासजक संजालमा भेटिएका टिप्पणीहरु

status bishow

arjun nirjan

arjunn nirjanganessh paudel

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान