2026-07-03 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा महिला सेल्टर बन्ने

पर्वत समाज र परिवारबाट पीडित र अपहेलित भई बाँच्न विवश महिलाहरुका लागि भनी पर्वतमा सेल्टर बन्ने भएको छ । जिल्लामा पहिलेदेखि नै लैगिंक हिंसा पीडित महिलाका लागि एक आश्रयस्थलको खाँचो रहेको महसुस गर्दै आए पनि ठोस पहल भने कसैबाट हुन सकेको थिएन । यतिखेर जिल्ला प्रहरी कार्यालयको विशेष सक्रियतामा महिला सेल्टर बन्ने पक्कापक्की भएको छ ।

सेल्टर निर्माणका लागि केही आर्थिक सहयोग संकलन समेत भई सकेको छ भने भवन निर्माणका लागि कार्य समिति गठन भएको छ । आम भेला आईतवारका दिन उवासंघको सभाहलमा गरिएको थियो । कार्यसमितिको संयोजक चयन भने छलफलपछि हुने बताईएको छ । सेल्टर निर्माण गर्न भनी बोलाईएको सरोकारवाला र सर्वसाधारणको भेलामा नै सहभागीहरुले आफूखुशी आर्थिक सहयोगको रकम बोलेका थिए । पहिलो दिनमै महिला सेल्टर निर्माणको लागि करीव २८ लाख बराबरको रकम सहयोग उठेको छ ।

जिल्लामा हुने विभिन्न घरेलु हिंसाबाट पीडित बनेका महिलाहरुलाई संरक्षण, सेवा र सहायता दिने उद्देश्य सेल्टरले लिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त पहल भएपछि सेल्टर निर्माणले तिव्रता पाएको हो । निर्माणमा व्यवसायी, जिविस, नगरपालिका, महिला तथा वालवालिका कार्यालय, विभिन्न दल, संघसंस्था, समाजसेवी लगायत सर्वसाधारणको सहयोग रहने बताईएको छ ।

खासगरी प्रजिअ झंकनाथ ढकाल र प्रहरी नायव उपरीक्षक गंगा पन्तको अगुवाईमा लैगिंक हिंसा निवारणका लागि जिल्ला समन्वय समिति मार्फत उक्त आश्रयस्थल निर्माण, संचालन र ब्यवस्थापनमा सहयोग गर्न आम नागरिकहरुमा आग्रह गरिएको छ । भेलाबाट बनेको समितिमा २१ जना सदस्य रहेका छन् । केही दिन भित्रमा समितिले पूर्णता पाउने बताईएको छ । सेल्टर निर्माणले हिंसा पीडित महिलाको संरक्षणमा सहज हुने भनी सहयोगी दाताहरुले आर्थिक रकम सहयोग गरेका छन् ।

सेल्टर निर्माण गर्न भनी जिविसबाट १० लाख, कुनपा कार्यालयबाट ५ लाख, रामचन्द्र जोशी ५१ हजार, यान्त्रीक पुलबाट ५० हजार, सरस्वती भण्डारी २५ हजार, सुवर्ण अर्याल ११ हजार १ सय ११, रो. सन्तोष पौडेल ११ हजार ११, मिना केसी १० हजार, नबराज भण्डारी(बाजेको सेकुवा कन्नर)बाट ६ हजार ५ सय, मिना केसी तिलाहारबाट ५ हजार, थममाया पुन १० हजार ५ सय, युवा संघ नेपालबाछ ५ हजार ५ सय, शिशिर नेपाल, ५ हजार लगायत विभिन्न निकाय र संघसंस्था तथा थुप्रै सामाजिक ब्यक्तिहरु, जिल्लाका सांसदहरुबाट गरी रकम संकलन भएको छ । आश्रय स्थल सदरमुकाम कुश्माको बडागाउँ स्थित पुरानो नारी शिल्प केन्द्रको जग्गामा निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक