३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आठ छोरी र एक छोराको अभिभावकलाई मुटुको व्यथा लागेपछि

२८ बैशाख २०७३, मंगलवार ०३:३१

13151702_759103064224990_8353884222649702506_nपर्वत । आठ वटा छोरी र एक छोराका बाबु एकाएक मुटुको व्यथा लागेर विस्तारामा परेपछि सिंगो परिवार तड्पिन पुगेको छ । भारतको मन्द्रासमा सामान्य रोजगारी गरी कमाई गरेको भरमा आफ्नो जहान परिवारको दैनिक गर्जो टार्दै आएका मिठे भनी चिनिने मिथुन गिरी यतिखेर अस्पतालको बेडमा छन् ।

जीवनभरको कमाई आफ्नो छोराछोरीको लालनपालनमै खर्चिएका उनले आठ वटा छोरी मुन्तिर एक छोरा जन्माएका रहेछन् । कान्छो सन्तानको रुपमा जन्मिएको ७ वर्षिय गणेश गिरी अहिले एक कक्षामा गाउँकै स्कुलमा पढ्दै छ । अन्य सन्तानहरुमध्ये दुई वटी छोरीको विहे भएको छ भने बाँकी घरमै रहेर पठनपाठन गर्दै छन् नाजुक आर्थिक अवस्था अनि ठुलो रोग लागेपछि निम्न वर्गीय घरपरिवारले कतिसम्मको दुःख र पीडा झेल्नु पर्छ भन्ने उदाहरण बनेका छन् मिठेको परिवार । आर्थिक अवस्था कमजोर भएका ५७ वर्षे मिठे थलिएको अहिले एक महिना जति भयो । मुटु रोगले थलिएर साहुको काम गर्न नसकेपछि मिठे कमजोर शरीर लिएर भारतबाट आफ्नै घर पर्वतको दुर्लुङ वडा नं. २ विसौना हाल कुश्मा नगरपालिका ७ मा फर्किए ।

उनी फर्किनुको कारण नेपाली दाजुभाईको साथ र सहयोग पाउँछु भन्ने सोचेर नै हो । शुरुमा उनलाई मुटु रोग लागेको पनि थाहा भएन । पोखराको गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि मात्र थाहा भो कि उनको मुटुको भल्भ नै फेर्नु पर्ने रहेछ । अहिले मिठे शहीद गंगालाल अस्पतालको बेडमा उपचारको क्रममा रहेका छन् । केही सहयोगी गाउँले दाजुभाईको आर्थिक सहयोगमा उनलाई अस्पतालसम्म पुराईएको हो । भल्भ फेर्नका लागि ४ देखि ५ लाख सम्म खर्च हुने अस्पतालले बताएको उनको परिवारका सदस्य बताउँछन् ।

अन्नपात छर्ने न प्रशस्त जमिन छ उनीसँग न त वर्षौ दुुःख गरेर जोडेको केही लाख रुपियाँ छ । केवल रित्तो पाखुरीको बलमा आफ्नो घरसंसार धान्दै आएका मिठे थलिएपछि उनीसँग अहिले गह्रौ मन र कमजोर शरीर मात्र छ । भएको केही हजार रुपियाँ पनि उपचार र खोजी गर्दैमा सकियो मिठेको । मिठे भन्छन्– ‘दयावान् सहयोगी नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनीको सानो सहयोग भयो भने म बाँच्नेछु । उपचार नै नपाएर कसरी म मरुँला र ?’ बाँच्ने ईच्छा पालेका मिठेले आफू स्वस्थ भई दुःख गरेरै भए पनि  साना छोराछोरीको शिक्षादिक्षाको व्यवस्था गर्ने अठोट व्यक्त गर्छन् ।

मुटुको उपचार गर्दै गरेका मिठेको सहयोगमा सहयोगी हातहरु पनि अघि बढाईएका छन् । दशनामी समाज पर्वतका सदस्यहरुले केही रकम सहयोग संकलन गरेको बताएका छन् । आईतवारसम्म ३८ हजार २ सय ५० रुपैया आर्थिक सहयोग संकलन भएको सदस्य डम्वर गिरीले जानकारी गराएका छन् । सहयोग संकलनको कार्य जारी छ । कोही सहयोगी मनहरुले आर्थिक सहयोग गर्न चाहेमा लक्ष्मी वैंक काठमाण्डुमा मिठुको नाममा रहेको खाता नं.०१६४४०००४०१ मा सहयोग गर्न सक्ने व्यहोरा उनको परिवारले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान