Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तिलाहारको नवजागृत माविविरुद्ध अख्तियारमा उजुरी

२०७५, १७ असार आईतवार ०९:०५

महेन्द्र जिसी

माध्यामिक शिक्षा उत्रिण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका चौथो संशोधन को परिच्छेद २ को धारा ४ को उपधारा घ अनुसार एउटै विद्यालयका विद्यार्थीहरुको फारमहरुमा नामको आधारमा अंग्रेजी अक्षर वर्णानुक्रमानुसार मिलाएर राख्नु पर्ने व्यवस्था छ ।


उल्लेखीत धारमा रजिष्टे«सन नम्बर र सिम्बोल नम्बर क्रमानुसार कायम गर्नु पर्ने व्यवस्था गरिनुपर्ने नियम छ । यही नियमलाई कुल्चीएर एसइई परीक्षामा विद्याथीमा सहभागि गराएर प्रदेश ४ को उत्कृष्ठताको हलवा दिइरहेको मोदी गाउँपालिका ६ नवजागृती तिलाहार विरुद्ध स्थानीयले उजुरी दर्ता गराएका छन् ।


सामुदायिक विद्यालयले विद्यार्थीहरु मार्फत मासिक शुल्क लिएर अध्यापन गराउँदै आएको र एसइई परीक्षामा अल्फावेटीकल अडर आँफु अनुकुल गराएर उत्कृष्ठता हाँसील गरेको र प्रधानाध्यापकको पदावपधी पाँच वर्ष हुनेमा समय सकीएका प्रअ बाटै विद्यालयको प्रशासन सञ्चालन आईरहेको भन्दै मोदी गाउँपालिकाका स्थानीयले नवजागृती मावि तिलाहार विरुद्ध उजुरी दर्ता गराएका हुन् ।


गाउँपालिका ६ मा रहको नव जागृती माविले प्रदेश ४को उत्कृष्ठको झयालि पिटीरहेका वेला स्थानीयले भने विद्यालयले शिक्षा नियमावली विपरीक काम गरेर अनावश्यक हल्ला फिँजाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । दर्ता न १८१र्८ भएको उजुरीमा विद्यार्थीबाट मानोमानी मासिक शुल्क उठाएर हिसाब किताव नराखिएको सामुदायिक विद्यालयले मानोमानी शुल्क उठाउँनु शिक्षा नियमावली विपरीत भएको भन्दै तत्काल कार्वाहीको माग गरीएको छ ।


सामुदायीक विद्यालयले मासिक शुल्क लिन नआउने व्यवस्था गाउँ कार्यापालिकाले समेत पास गराईसकेको र नेपाल सरकारले निशुल्क तथा अनिवार्य शिक्षा सञ्चालन गरीरहेको सन्दर्भमा विद्यालयले विद्यार्थीहरु मार्फत शुल्क लिएर हिनामिना गर्र्ने गरेको भन्दै स्थानीयले उजुरी दर्ता गराएका हुन् । ०६८ साल देखी लेखा परिक्षण नगरी विद्यालयले विद्यार्थी मार्फत उठाएको शुल्क हिनामिना गर्दैै आएको स्थानीय अभिभावक रत्न लम्सालले बताउनु भयो ।


शिक्षा ऐन २०५८को नियमावली ७८ को उपनियम ग अनुसार सर्टिपिकेट लिएर मात्र विद्यालय भर्ना गराउन पाउने व्यवस्था गरीएकोमा विद्यालयले नियमावली नागेर विना सर्टीपिकेट विद्यार्थी भर्ना गराउँदै आएको भन्दै स्थानीयले जिल्ला प्रशासन पर्वत र शिक्षा समन्वय ईकाई र गाउँ पालिकामा समेत उजुरी दर्ता गराएका हुन । एउटै कक्षाका विद्यार्थीहरुलाई दुई गु्र्प बनाएर अध्यापन गराउँदा वाल मनोविज्ञानमा समेत असर पुगेको भन्दै अभिभावकहरुले विद्यालय विरुद आवश्यक कार्वाहीका लागि उजुरी दिइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना