२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

एमाओवादीको जनवर्गीय संगठनहरुको भेलामा तिब्रता

२४ फाल्गुन २०७२, सोमबार ०७:१७

फागुन २४, म्याग्दी / एकिकृत नेकपा माओवादी म्याग्दीले जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलनलाई तिब्रता दिएको छ । संगठन सुदृढीकरण अभियान अन्तरगत एमाओवादी म्याग्दीले विद्यार्थी, महिला, मजदुर, युवा, जातीय र पेशागत संगठनहरुको भेला, सम्मेलनलाई तिब्र पारेको हो ।

यसैक्रममा आईतबार बेनीमा सम्पन्न अखिल नेपाल टेड युनियन महासंघ म्याग्दीको भेलाले राजेन्द्र केसीको संयोजकत्वमा २३ सदस्यीय महासंघको जिल्ला सम्मेलन आयोजक कमिटि गठन भएको छ । महासंघका निवर्तमान अध्यक्ष कमल केसीको अध्यक्षता, महासंघका ४ नम्बर प्रदेश सदस्य तथा धौलागिरी ईञ्चार्ज कृष्ण जिसीको प्रमुख आतिथ्यता र एमाओवादीका केन्द्रिय परिषद् सदस्य गोविन्द पौडेल, जिल्ला सहसचिव पुस्कर बिक र कोषाध्यक्ष शेरबहादुर केसीको उपस्थितीमा भेला सम्पन्न भएको थियो ।

सम्मेलन आयोजक कमिटिको सदस्यहरुमा नगेन्द्र केसी, दलबहादुर पुन, नन्दकुमार पुन, गणेश श्रेष्ठ, राजेन्द्र रसाईली, सुमन सुनार, मिलन बानिया, भिमबहादुर सुनार, हरिबहादुर भण्डारी, किसान जिसी, शक्ति छिनाल, नविन पौडेल, कृष्णबहादुर खत्री, कुशुम कार्की, बमबहादुर सुनार, माया परियार भट्टराई, मनमाया थापा, हिराबहादुर दर्जी, लक्ष्मण लामिछाने, नानुमाया दाहाल, दलबहादुर किसान र एकलाल जुक्जाली रहनुभएको महासंघले जनाएको छ ।

कमिटिले यातायात, धातु तथा निर्माण, ढुवानी, ईलेक्ट्रीकल, करार, सडक मजदुर र फलफुल ब्यपार गर्ने मजदुरहरुलाई एकतावद्ध गरि जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा