Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २०, गौशाला | बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ ।

दुई नगरपालिकाको मेरुदण्डका रुपमा रहेको जंघा नदीमा आएको बाढीले पुलको पूर्वी किनाराको मुख्य पिलरमुनिबाटै माटो बगाएर लगेपछि गौशालादेखि औरही र औरहीदेखि गौशाला जाने ठूला सवारीसाधन र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको हो ।

गत आइतबारदेखि जिल्लामा निरन्तर परेको पानीले जंघा नदीमा ठूलो बाढी आएर पुलमुनिको माटो बगाउँदा गौशाला औरही बाटोमा चार चक्के सवारी र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताउनुभयो ।

तर सो पुलबाट मोटरसाइकल, साइकल र पैदलयात्रु आवागमनमा कुनै पनि रोक नलगाइएको र सर्वसाधारण निर्वाधरुपमा आउजाउ गरिरहेको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताउनुभयो ।

दुवै नगरपालिकाका प्रमुखले सो पुलको अवस्थाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको तर बाढीको बेला तत्कालै केही गर्न नसकिने हुँदा बाढी सकिने बित्तिकै पुलका ठेकेदार, नगरपालिका र सम्बन्धित निकायसँगको सहकार्यमा तुरुन्तै सो पुलको मर्मत गरी आवागमन पुनः सुचारु गराउने बताउनुभयो ।

सो पुलबाट आवागमनमा रोक लगाइएदेखि दर्जनौँ भारी सवारीसाधन र मालबाहक साधन गौशाला र औरही दुवैपट्टि बाटो खुल्ने प्रतिक्षामा बसिरहेका छन् । रासस