2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उद्यमी तयार गर्दै बाग्लुङको ताराखोला गाउँपालिका

असार २०, बागलुङ | ताराखोला गाउँपालिकाले स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । 

जनशक्तिलाई उत्पादनसँग जोडेर स्वाधीन गाउँपालिका बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम अघि बढाएको हो । उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । 

“यहीँको स्रोत साधनको उपयोगबाट उद्यम चलाउने योजना छ”, उहाँले भन्नुभयो, “यसबाट गाउँगाउँमा उद्यमी तयार हुन्छन् ।” स्थानीय आवश्यकता र सम्भावना पहिचान गरेर उद्यम विकासमा गाउँपालिकाले सघाउने उहाँको भनाइ छ । गाउँपालिकाले चालु आवमा उद्यममा लाग्न इच्छुक समूह र संस्थालाई ज्ञान, सीप, प्रविधि र उपकरण प्रदान गरेको छ । 

स्थानीय उद्यमीले पहिलोपटक अल्लो प्रशोधनका लागि आधुनिक उपकरण पाएका छन् । गाउँपालिकाले रु सात लाख ५० हजारको उक्त यन्त्र वडा नं ५ को सोनाम अल्लो कपडा समूहलाई प्रदान गरेको हो । 

प्रशोधनसहित धागो निकाल्न प्रयोग हुने पाँच प्रकारका उपकरण समूहले पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुसालले बताउनुभयो । 

अल्लोको व्यावसायिक प्रवद्र्धनका लागि गाउँपालिकाले उपकरण उपलब्ध गराएको हो । 

यसअघि आधुनिक प्रविधि नहुँदा हातैले अल्लो चुटेर धागो निकाल्नुपर्ने अवस्था थियो । घरेलु प्रविधिबाट उत्पादन न्यून हुने हुँदा सोचेजति व्यवसायीकरण हुन सकेको थिएन । नयाँ प्रविधिले गुणस्तरीय अल्लोको धागो उत्पादनमा सघाउ पुर्याउने ठानिएको छ । 

“उपकरणको अभावमा अल्लोको उत्पादन संकटमा परेको थियो”, भुसालले भन्नुभयो, “अब उत्पादन बढ्ने र बजारीकरण हुनेमा हामी विश्वस्त छौँ ।” गाउँपालिकाले वडा नं २ को लेकाली अल्लो समूहलाई अल्लोको कपडा बुन्ने तानसमेत उपलब्ध गराएको छ । रु ३५ हजार मूल्यको उक्त तानबाट कपडा, झोला, टोपीलगायत सामग्री बुन्न सकिनेछ । 

गाउँपालिकामा रहेका अन्य समूहले पनि नयाँ प्रविधिको माग गरेका छन् । गाउँपालिकाले आगामी आवमा उद्यम विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । ताराखोलामा अल्लो प्रशस्त पाइने हुँदा त्यसको व्यावसायिक प्रवद्र्धनमा गाउँपालिका लागिपरेको छ । अल्लोको प्रवद्र्धनका लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतले अल्लोबाट बनेका कपडा र सामग्री अनिवार्य प्रयोग गर्ने व्यवस्था गरिने भएको छ । 

यस्तै अन्यत्र बजारीकरणका लागि पनि गाउँपालिकाले सघाउ पुर्याउनेछ । अल्लो पहाडी भू–भागमा पाइने वनस्पति हो । अल्लोको बोक्रामा हुने रेशा नरम, बलियो र चम्किलो हुने हुँदा धागो बनाउन प्रयोग गरिन्छ । अल्लोको धागोबाट जुत्तादेखि, कपडा, झोला, टोपीलगायतका सामग्री बनाउन सकिन्छ । स्थानीय उत्पादन भएकाले अल्लोको कपडाप्रति प्रयोगकर्ताको आकर्षण छ । 

उद्यमीले अल्लोको कपडाबाट पर्याप्त आम्दानी गर्न सकिनेछ । अल्लोसँगै ढाका बुनाइ, सिलाइकटाइ, सिकर्मी, डकर्मीलगायतका सीपमूलक तालीम पनि गाउँपालिकाले सञ्चालन गर्दैआएको छ । अन्य सरकारी निकाय र संघसंस्थासँग सहकार्य गरेर उद्यम विकासमा अघि बढ्न गाउँपालिकाले योजना बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो