(सास)। असार २२, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास)। असार २२, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मालुमा बस दुर्घटना हुँदा एक बालिकासहित पाँच महिला घाईते

२०७५, २२ असार शुक्रबार ११:११

(सास)। असार २२, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।

                                                तस्बिर ः फेसबुक

गाउँपालिकाको वडा नम्बर ७ हाँवाबाट यात्रु लिएर राजधानी काठमाण्डौं जाँदै गरेको सगरमाथा यातायातको बा.२ ख ६६०५नम्बरको बस साविक मालु गाविसको थलारी भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाईते भएको दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिनुभयो । घाईते हुनेहरुमा तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामाकी ५० बर्षिय ओलकमाया फुयाँल, सोहि ठाउँकी २५ बर्षिय कल्पना घिमिरे, भिमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतिकी ५६ बर्षिय फुलमाया खाति र २ बर्षिया बालिका सलिना खाति तथा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुकी ६५ बर्षिय पदममाया खड्का रहेको प्रहरीको भनाई छ ।

घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि चरिकोट ल्याईएको छ । उनीहरुको चरिकोटस्थित दोलखा सामुदायिक हस्पिटलमा उपचार भईरहेको र उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।

बसको बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । करिब बिहान ९ बजे बस दुर्घटना भएपछि तामाकोशी ४ का वडा अध्यक्ष होमबहादुर श्रेष्ठसहित स्थानियबासीले घाईतेहरुको उद्धार गरी स्वास्थ्य संस्थामा पठाएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँपालिकाको भिरकोट–हाँवा सडक खण्ड भएर काठमाण्डौं जाने गरेको बस मालु गैरागाउँमा स्काभेटर बिग्रिएर बाटो अबरुद्ध पारेपछि मालु डाडाँगाउँ–मालुखोला सडकखण्डबाट काठमाण्डौं जान लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश