2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुस्ताङ्गमा ट्रिपर दुर्घटना: १८ जनाको मृत्यु, १४ जना गम्भीर घाईते (९ तश्विर)

प्रेम सुनार/असार–२२ मुस्ताङ । आज दिउँसो मुस्ताङ्गमा ट्रिपर गाडी दुर्घटना हुँदा १८ जना मजदुरको घटना स्थल मै ज्यान गएको छ ।  १४ जना गम्भीर घाईते भएका छन ।

दिउँसो  साढे १ वजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्काउने क्रममा बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिटर तल खस्दा ति मजदुरहरुको ज्यान गएको हो । मृतकहरु अधिकांस दाङ्ग र रोल्पाका छन ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले दिएको जानकारी अनुसार मुस्ताङ्गको लो–घेकर दामोदर कुण्डा गाउँपालिका वडा नम्वर ३ स्थित स्याङवोछे भन्ने स्थान र घिलिङ्ग गाउँका विचमा पर्ने स्थानमा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा क्रमशः रोल्पाका १९ वर्षिय महेश रोका, ३२ वर्षिय रामकुमार पुन, ३२ वर्षिय सन्तु घर्ति रहेका छन । त्यस्तै दाङ्गका ३० वर्षिय वालकुमार घर्ति , ३१ व्र्षिय कविता घर्ति मगर,  ४३ वर्षिय शान्ति थापा,  ३२ वषिय सुवेर चौधरी , २५ वर्षिय कमल बुढा रहेका छन ।

त्यस्तै धादिङ्गका २३ वर्षिय सुजन घलान , सिन्धुलीका २० वर्षय जिवन माझी ,  कैलालीका २२ वर्षिय विनिता थापा कपिलबस्तुका ३५ वर्षिय कमानसिंह रोका  र स्याङ्गजाका २४  वर्षिय  कृष्ण क्षेत्री रहेका छन ।

यो समाचार लेख्दा लेख्दै घाईतेहरु मध्ये प्रहरीले थप तिन जना रोल्पाका मजुदुरहरुको मत्यु भएको जानकारी दियो । थप मृत्यु हुनेहरुमा ३१ व्र्षिया जितमाया घर्ति, २० वर्षिया सिर्जना घर्ति र २३ वर्षिय राष्ट्रे रोका रहेका छन ।

घाईतेहरुको उपचारका लागि सदरमुकाम जोमसोङ्ग जिल्ला अस्पताल तर्फ लैजाँदै गरिएको प्रहरीले जनाएको छ । घटना स्थलबाट सदरमुकाम ५० किलो मिटर दुरीमा पर्छ । ५ जना घाईतेलाई जिपमा भर्खर हिडालिएको छ ।

अविरल वर्षाका कारण सडक ठाउँ ठाउँमा पहिरो गएको छ । त्यस कारण  छिटो उनिहरुलाई अस्पताल पुराउन नसकिएको प्रहरी बताउँ छ । अव बाँकी १४ जना घाईतेहरु प्राय सवैको अवस्था चिन्ताजनक रहेको मुस्ताङ्ग प्रहरीले जानकारी दियो ।

ति मजदुरहरु विरुवा कन्ट्रक्शन प्रा.लि. मार्फत मुस्ताङ्गको त्यस स्थानमा सडक निर्माण कार्यमा पुगेका थिए । कतिपय श्रीमान श्रीमति र सन्तान सहित काम गर्न पुगेका उनिहरु मध्ये कतिपयका सन्तानको विचल्ली भएको छ । घटना स्थलमा रुवावासी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल