Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इञ्जिनीयर खड्का एक लाख घुससहित पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २३, बाँके |</b> बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।&nbsp;<br></p><p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट रु एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो ।&nbsp;</p><p>गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घुस मागेको आयोगका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु भएको छ । रासस</p>