Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश–५ मा डरलाग्दो तथ्याङकः दुर्घटनामा ४ सयको मृत्यु, २ सय महिला वलात्कृत

२०७५, २६ असार मंगलवार १२:३१

प्रेम सुनार | असार २६, बुटवल | गत श्रावण देखि अशाढ  मशान्त सम्म ५ नम्वर प्रदेश भित्र  सवारी दुर्घटनामा ४  सय भन्दा बढि मानिसहरुको मृत्यु भएको र दुई सय भन्दा बढि महिला बलात्कारको शिकार बन्नु परेका डर लाग्दो तथ्याङ्ग  प्राप्त भएको छ ।

५ नम्वर प्रदेश  प्रहरी कार्यालय दाङ्ग तुल्मीपुरको तथ्याङ्ग अनुसार गत एक वर्षमा २ सय ४५ जना महिला वलात्कार भएको मुद्धा दर्ता भएका छन । केहि वर्ष अघि सम्म जो जसको जवरजस्ती करणीमा परे पनि महिलाहरु दवाएर बस्न बाध्य हुन्थे तर अहिले त्यस्तो छैन । 

यस आर्थिक वर्षमा प्रदेश–५ अन्तर्गत गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको मुद्धा अदालतमा एक किशोरीले दर्ता गरेकी छन ।   त्यस  प्रदेश प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक  भुवनेश्र तिवारीले प्रहरीको सक्रियता बढे संगै वलात्कार लगायत सवै खाले मुद्धाको संख्या यस प्रदेशमा बढ्दै गएको बताए । 

तिवारीले  दिएको  विवरण अनुसार प्रदेशका १२ वटा जिल्लामा गत आर्थिक वर्षको श्रावण  देखि  अशाढ २६ गते सम्म  प्रहरीमा कुल ५ हजार ६ सय ९७ थान मुद्धा परेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा  ३.८६ प्रतिशतले मुद्धा संख्यामा बृद्धि भएको  तिवारीले  जानकारी दिए । त्यस मध्ये १३ सय १० सार्वाजानिक अपराधका मुद्धा दर्ता भएका छन । २ सय ५९  वटा चोरी मुद्धा परेको छ ।

प्रहरीको सक्रियतामा विगतका वर्षको तुलनामा चोरी मुद्धा पनि ७.७३ प्रतिशतले बृद्धि भएको छ । हातहतियार खरखजना मुद्धा ५२ वटा परेका छन । मानव वेचविखन मुद्धा ८५ वटा परेका छन । डाँका मुद्धा ६ वटा परेका छन ।

कर्तव्य ज्यानबाट १  सय ४ जनाको ज्यान गएको छ । लागु औषद्य मुद्धा ६ सय थान मुद्धा परेको छ ।  फागुन सम्म तथ्याङकमा समावेस गरिएको विवरण अनुसार ३ सय ३९ वटा सवारी साधन दुर्घना भएका छन । त्यस यता समावेस नभएका करिव करिव डेढ सय दुर्घटना भएका छन । ति सवै जोड्दा चार  सय भन्दा बढिको मृत्यु र त्यो भन्दा बढि सख्यामा घाईते भएको डिएसपी तिवारीले बताए । उनका अनुसार गत एक महिनाको अन्तरालमा मात्रै  १ सय ४३  वटा सवारी दुर्घटना भएको छ । त्यसमा  १३ जनाको ज्यान गएको छ भने २ सय ५७ जना घाईते भएका छन ।

अपराध तथा शाररिक वन्धक मुद्धा १५ वटा परेका छन । विष्फोटक पदार्थ सम्वन्धि मुद्धा ८ वटा परेका छन । आत्मा हत्याको संख्या २.४ प्रतिशतले बृद्धि भएको छ ।

यो समाचार लेख्ने वेला सम्म यस प्रदेशमा १ हजार २३ जनाले आत्मा हत्या गरेका छन । कर्तव्य ज्यान मुद्धा भने ९.८९ प्रतिशत कम देखिएको छ । लागु औषद्य मुद्धामा ५.१४ प्रतिशत कमी आएको छ  । आर्थिक अपराधका घटना बढेका छन । केहि सार्वाजानिक अपराधमा पनि बृद्धि भएको छ ।

थप सक्रियता बढाउँछौंः डिआईजी बस्नेत

प्रदेश भित्रको प्रहरी गतिविधीबारे त्यस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक शेरवहादुर बस्नेत संग सम्पर्क राख्दा विभिन्न खाले अपराधिक गतिविधी कम गराउन प्रहरीले थप सक्रियता बढाउँने बताए । यस प्रदेशमा तराई र पहाडी जिल्ला छन उनले भने  तराइ संग भारतिय खुल्ला सिमा जोडिएको छ ।

त्यहाँ आर्थिक अपराध नियन्त्रणमा बढि ध्यान दिईएको छ ।   डिआईजी बस्नेतले सवारी दुर्घना न्युनिकरण र  लागु औषध विरुद्ध जनचेतना मुलक कार्यक्रम  गरिदै आएको, टोल टोलमा प्रहरी अभियान प्रभावकारी बनाउने प्रदेश प्रहरीले नजिकबाट निगरानी गरेको  बताए । 

उनले दंगा बाँकेको कोहलपुर, ट्रफिक क्षेत्रिय लगायत ६ नम्वर प्रदेशमा गाभिएर संघिय प्रहरी ईकाई हुने बताउँदै यता वुटलवलमा रहेको तालिम केन्द्र र भैरहवमा रहेको संघिय प्रहरी ईकाईलाई केन्द्रिकृत गरिने  जानकारी समेत दिए  । 

यहाँ क्लिक गरि > पूर्ण डाटा हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित