Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आमाको अन्त्यिष्टि हुँदैछ, उनका छोरीलाई भनिदैछ – ‘अहिले आउँछिन पख…’

By साझासवाल 11 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | असार २७, वुटवल | मानिसले कहिले काँही आवेशमा आएर गर्ने निर्णय र ब्यवहारले अरु धेरैको जिन्दगी र मानसपटलमा ठुलो असर गर्छ । वाग्लुङ्ग तमानखोला गाउँपालिका खुँखानी गाउँका भरतबहादुर बिकका एक  छोरा  दुई छोरी सहित  सुखी दाम्पत्य जिवन थियो ।

बैदेशिक रोजगारले गर्दा उनिहरुको आर्थिक सुधार पनि भई रहेको थियो । छोरा छोरीलाई पढाउन र श्रीमतिलाई  पनि सुखी बनाउनका लागि उनले बुर्तिबाङ्ग बजारमा डेरा  गरी राखेका थिए ।

डेरामा राखे पनि पौरखी थिईन उनकी श्रीमति प्रेमकुमारी बिक । कुखरा पालन  समेत गर्दै आई रहेकी थिईन । उनी संगै डेरा गरी बस्ने उनकी भाई बुहारी तारा रसाईली संग  गरिएको कुराकानीमा आधारित रहेर लेखिँदै छ उनिहरु हाँस्दा हाँस्दै जिस्कीदा जिस्कीदैको  हुन पुगेको यो वियोगान्त कथा ।

अँस्ती सोमवार साँझ अवेर सम्म खानपिन  र हाँसो ठट्टा मै रमाउँदै थिए   भन्छिन तारा रसाईली ।  हिजो मंगलवार विहान भने कल्पना नै गर्न नसकिने दृश्य देखे  तारा र उनका श्रीमान खबहादुर विकले ।

घरै अगाडी जहाँ कुखराको खोहरु छन । प्रशस्त लोकल कुखराहरु पनि छन ।  जहाँ कोहि कुखर  खोज्न जानेहरु संग–‘ आउने बेला भा’छ , यिनी त  बुढालाई राखी दिएका  भाले हुन बेच्दीनँ ’ भन्ने गर्थिन प्रेम कुमारीले  । त्यही स्थानमा हिजो विहान करिव ६ वजेको समयमा उनको शव फेला पर्यो ।

३७ वर्षिया प्रेमकुमारीका श्रीमान  विदेशबाट एक महिना अघि जेठमा  घर फर्किएका   थिए ।  तिनै  श्रीमानलाई पालेर राखी दिएका कुखराको खोर नजिकै संजिवलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको वताईएको छ ।

मसिनो नाईलनको डोरी उनका श्रीमानले काटेर  तल झारेको  तारा रसाईलीले जानकारी दिईन । पाष्टमार्टम गर्दा मुखमा समेत नाईलन डोरीको टुक्रा भेटिएको आफन्तजन बताउँ छन ।

उनै प्याराले दागवत्ती समेत दिन पाएनन

श्रीमानलाई प्यारा भन्ने चलन अझै पनि छ  गाउँमा ।  जेठमा उनका  श्रीमान घर नआउनु अघि दिदी वहिनीहरुले जिस्कीदै उनलाई  कहिले आउँछन तपाईका प्यारा भनेर सोध्थे ।  त्यसको केहि दिन पछि  उनै प्यारा घर आए ।  पालेर राखेका तिनै लोकल कुखराहरु काट्ने र अनेकथरी परिकारहरु खाँदै–पिउँदै बसीरहेका थिए ।

विभिन्न ठाउँमा घुम्न पनि गए  ।  काँखकी छोरीको लडेर हाँत भाँचिएको थियो । उनैलाई विचमा राखेर तस्वीर पनि खिचाए । त्यही तस्वीर नै उनिहरुको अन्तिम तस्वीर बन्न पुग्यो ।

१२ वर्षिय छोरा क्रिया-क्रममा बस्दै

आज उनको शव सदरमुकाम वाग्लुङ्गबाट पोष्टमार्टम गरी वुर्तिबाङ्ग ल्याई   स्थानिय सुरेलाघाटमा उनको अन्त्यिष्टि गरिदै छ । हत्याको आशंका गरी उनका साला खबहादुर विकले जाहेरी दिए पछि उनका श्रीमान यति वेला प्रहरी हिरासतमा छन । अँस्ती साँझ सम्म हाँसी मजाक गर्दै बसेका उनै प्याराले उनको मृत्युमा अन्तिम विदाई गर्न समेत पाएनन ।  उनको सट्टामा उनका १२ वर्षिय छोरा मिनलाई दागबत्ती दिन लगिएको छ ।

तारा रसाईली गलाअवरुद्ध पार्दै भन्छिन त्यत्रो वालकले खै कसरी कुनो चलाउला ?  ९ र  ५ वर्षकी छोरी रोएर सताएकी छ । हामी पनि सवैजाना रुवावासीमा छौं । उता जलाउन पठाएका छौं ।  ति छोरीहरुले  खै आमा कति वेला आउँनु हुन्छ भनेर सोधेको सोधै गर्छन । अहिले आउँनु हुन्छ , पख भनेर भुलाएका छौं ।  अव उनिहरुलाई कसरी हुर्काउने हो… ( डाको छाडिन)

अझै लतारी विवाह बाग्लुङ्गमा

वाग्लुङ्गमा अझै पनि पुरुषले युवतीलाई लतारी विवाह गर्ने चलन कायमै छ भन्ने यी दम्पत्तीको वियोग कथा उठान गर्दा स्पष्ट भयो ।  २०५९ सालमा भरतबहादुरले उनको माईती घर वोमखानी गाउँबाट लतारी विवाह गरी ल्याएका थिए ।

वाग्लुङ्गका कतिपय ठाउँमा अझै पनि राम्री र मन परेकी युवतीलाई वारीमा लतार्न जाने । जितेर अर्थात तानेर ल्याउन सके श्रीमति बनाएर घर भित्राउने चलन रहेको छ । त्यसरी नै मन पराएर , जितेर ल्याईकी प्रेमकुमारी मृत्यु हुनुअघि सम्म पनि शौन्दर्यकी खानी थिईन ।

आखिर उनिहरु दुवैमा कमी के थियो ?  छोरी स्कुल जाँदा  लडेर घाईते भएको, आमाले हेरविचार गर्न नसकेकोबाट रिसाएका उनका श्रीमानले बेला बेलामा झगडा गरी राख्ने संगै डेरामा बसेकाहरुले बताए । सोमवार सांझ आफुले श्रीमति कुटेको उनले प्रहरी संग बताएको प्रहरीले जनाएको छ । कुटाई र तनाव सहन नसकेर उनले आत्मा हत्या गरिन वा जाहेरीवालाले आशंका गरे जस्तो उनको हत्या नै भयो ? यो भने प्रहरी अनुसन्धानबाट मात्र खुल्ने छ ।

छुराको धारमा विदेश श्रीमान भएका महिलाहरु

हत्या नै भएको भए पनि उनका श्रीमानको आवेशका परिणती भोग्ने छन । आत्मा हत्या गरेको भए पनि अवेशको परिणतीले उना ति लालावालको विचल्ली भएको छ । यसर्थ आवेशमा ज्यान हाल्न वा कसैको लिदा  कसैको जिन्दगी वर्वाद र वाँचेकाहरुलाई विचल्ली पार्नु शिवाय अरु केहि हुने छैन ।

बैदेशिक राजगारमा रहेका पुरुषहरुका श्रीमति समाजमा छुराको धारमा बाँच्नु परेको छ । यदाकदा केहिले बाटो विराए होलन । तर अधिकांस महिलाहरु आफ्नो सतधर्ममा  रहे पनि ठाडोशिर लगाए बाँच्न सकेका छैनन  ।

बाटाघाट कसै संग बोले पनि रुष्ट भएको परिवारका सदस्यहरुले गलत कुरा लगाई दिएर कोही   आत्मा दहन गर्न त कोही नचाहेर पनि घर छाडन् बाध्य भएका छन ।  बाबु आा , भाई भतिजाको कुरा सुन्ने श्रीमानहरुले श्रीमतिलाई मर्न कि भगाउन बाध्य पारेको पाईएको छ ।  यस्तो हुनबाछ जोगाउन एक अर्का विचको विश्वास र समझदारीको खाँचो छ ।