२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

२०७५, ३० असार शनिबार ०४:४६

असार ३०, फलेवास, पर्वत । कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित बनेको कर्मचारीको गुनासो छ । डा थापाका ठाउँमा बुटवलबाट नयाँ डा आउने गरी सरुवा भए पनि अहिलेसम्म कार्यालयमा हाजिर नभएका कारण आवको समाप्तिमा पूरा गरिने कागजी प्रक्रियामा असर परेको जनस्वास्थ्य अधिकृत सजिना महर्जनले जानकारी दिनुभयो । 

तत्कालका लागि केही कामका लागि जनस्वास्थ्य अधिकृत महर्जनलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइए पनि आर्थिक कारोवारका लागि महर्जनसंँग अधिकार नभएका कारण आवको अन्त्यमा हुने कामको फछ्र्योटमा समस्या देखिएको छ । 

त्यसबाहेक गर्मी र वर्षायामका कारण जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गइरहे पनि प्रमुख चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने चिकित्सकसमेतको अभाव खड्किएको छ । हाल गाउँगाउँमा रहेका स्वास्थ्यचौकीका कर्मचारीलाई समेत बिदामा नबस्न भन्दै अनुरोध गरेको जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालमा प्रमुख नै नहुँदा भने जिल्ला अस्पतालमा देखिएको लापर्वाही प्रष्ट देखिएको गुनासो बढेको छ । 

अस्पताल विकास समितिका अध्यक्ष राधाकुमारी क्षेत्रीले सरुवा भएर गएका डा थापाका सट्टामा आउने चिकित्सकलाई तत्काल हाजिर हुनका लागि अनुरोध गरिएको र केही दिनभित्रै व्यवस्था हुने जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी