२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

७० वर्षका बाबुले धारिलो हतियार प्रहार गर्दा छोरा घाईते

३ माघ २०७२, आईतवार ०४:१९

कृष्ण कँडेल । माघ ३, गलकोट । बाबु-छोराविच भएको विवादमा धारिलो हतियारले लागेर बागलुङको अमरभुमिका एक युवा घाईते भएका छन् ।

गएराती बाबुछोराको विचमा भएको झगडामा अमरममि–७ बुकेनीका ३५ बर्षिय कुलबहादुर विकको टाउकोमा चोट लागेको छ । कुलबहादुर र उहाँका वुवा ७० बर्षिय लक्षुमान विक दुवैले मादक पदार्थ सेवान गरेको अवस्थामा भएको घरयासी झगडामा बाउले छोरोलाई धारिलो हतियार प्रहार गरेको ईलाका प्रहरी कार्यालय गलकोट हरिचौरका निमित्त प्रमुख प्रहरी नायव निरिक्षक कुमार सेढाईले जानकारी दिनुभयो । उहाँले घटनाको बारेमा आफुले राती ३ बजे थाहा पएको र विहान प्रहरी टोली घटना स्थल तर्फ पठाएको बताउनुभयो । ईप्रका हरिचौरबाट प्रहरी हवल्दार राजकुमार घर्तीको नेतृत्वमा प्रहरी घटना स्थल तर्फ जाँदै छ ।

विकको अहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भईरहेको छ । विकको टाउकोको देबे्र भागको हड्डी भाँचिएको देखिएको धौलागिरी अञ्चल अस्पतालको जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले जानकारी दिनुभयो । अहिले विकको अवस्था स्थिर रहेको र सिटिस्क्यान गर्ने तयारी गरिएको उहाँको भनाई छ । सिटिस्क्यानपछि स्वास्थ्य अवस्थाको बारेमा थप स्पष्ट हुने र उपचारका लागि रिफर गर्ने नगर्ने विषयमा थाहा हुने खनालले बताउनुभयो ।

गय राती करिव ११ बजे भएको घटनापछि स्थानियको सहयोगमा घाईतेलाई धाम्जा स्वाथ्यचौकी लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि स्वास्थ्यचौकीले बागलुङ रिफर गरेको थियो । घटना हुने बेलामा दुवै जनाले मादक पदार्थ सेवान गरेका स्थानिय नरबहादुर विकले जानकारी दिनुभयो । घाईते कुलबहादुरको टाकोको देब्रेतर्फ चोट लागेको र रतग बगेको देखेको उहाँले बताउनुभयो । उनिहरुविच के विषयमा झगडा भई घटना हुन पुग्यो, भन्ने बारेमा थाहा हुन नसकेको उहाँको भनाई छ । विक परिवारमा यस अघिदेखि नै झैझगडा हुने गरेको जनप्रेम उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नईन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । घरमा हुने झगडाका कारण कुलबहादुरकी श्रीमतीले आफ्ना दुईभाई छोरालाई लिएर छिमेकीको घरमा बस्दै आएको गुरुङले बताउनुभयो ।

कुलबहादुरको आफ्नी श्रीमतीसँग पनि झगडा भईरहने गरेको र विगत २ बर्षदेखि उनिहरु छुट्टाछुट्टै बस्दै आएको नरबहादुर विकले बताउनुभयो । उनिहरुलाई सँगै वस्ने बातावरण बनाउन स्थानियले यस अघि पहल समेत गरेका थिए । स्थानिय महिला समुहले समेत झगडा मिलाउने प्रयास गरेको नरबहादुरको भनाई छ । विक परीवारमा कुलबहादुरका बाउ छोरा र श्रीमान श्रीमती विच झगडा हुँदै आएको प्रअ गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र