2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पहिरोले तीन घर पुरियो, चौतीस घर उच्च जोखिममा

असार ३०, नुवाकोट । तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले आज तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् । 

बाढी र पहिरोबाट मानवीय क्षति भएको छैन भने पशु चौपाया पनि सुरक्षित रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सामाजिक परिचालक धुव्र तामाङले जानकारी दिनुभयो । 

अबिरल आएको वर्षाको कारण ठूलोखोला र हिमचुली खोलामा आएको बाढीले कटान गरी बस्तीमा पहिरो बगेपछि वीरबहादुर तामाङ, राजकुमार तामाङ र श्यामबहादुर भुलेलको घर पुरिएको हो । खोलामा बाढीको सतह बढेपछि घर छोडेर उनीहरु सुरक्षित स्थानतर्फ लागेको समयमा आएको पहिरोले घर पुरेर त्यहाँ रहेका अन्नबाली, लत्तकपडा भाडावर्तन सबै क्षति भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 

उहाँको अनुसार पहिरोले घर पुरिँदा भुजेलले सञ्चालन गर्दै आएको किराना पसलमा रहेका रु १५ लाखभन्दा बढीको सामग्री क्षति पुगेको छ भने पुरिएको घरको क्षतिको लगत निकाल्न बाँकी छ । 

पहिरोले डाढे र काल्चेका ३४ घरधुरी परिवार उच्च जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न लागिएको गाउँपालिकाको उपाध्यक्ष इश्वरी उप्रेतीले जानकारी दिनुभयो । 

उक्त स्थानलाई २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको कारण जोखिममा रहेको बस्तीको रुपमा भूगर्भविद्ले पहिचान गरेका थिए । ती बस्तीलाई सरकारी तवरबाट समयमा नै स्थानान्तरण गर्न सहयोग नगर्दा बर्षायाममा बासस्थानविहीन हुनुपरेको पीडित राजकुमार तामाङले गुनासो गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई