२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शैक्षिक सुधारको लागि जुट्नु पर्छ–अध्यक्ष नेपाली

२०७२, १० माघ आईतवार ०९:११

कृष्ण कँडेल/ माघ १०, गलकोट । मातृपर्टि विचको एकतापछि अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन र अखिल नेपाल राष्टिय शिक्षक संगठन बागलुङ्गविच पनि एकाता भएको छ । तत्कालिन नेकपा माओवादी र नेकपा एकीकृत निकट दुवै शिक्षक संगठन विच एकता गरि बनार्ईको अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन बागलुङ्गको अध्यक्षमा चन्द्रदत्त रेग्मी चयन हुनुभएको छ ।

जिल्ला सम्मेलन आयोजक रहने गरि बनार्ईएको ७१ सदस्यीय जिल्ला समितिको बरिष्ठ उपाध्यक्षमा नईन्द्रबहादुर गुरुङ्ग, उपाध्यक्षमा गणेश घर्ती, तेजकुमारी घर्ती र तिलक पौडेल, सचिवमा हरि पौडेल, सहसचिवमा थमप्रसाद रोका र कोषध्यक्ष नरबहादुर थापा रहनुभएको छ । एकाता भेलाले सम्मेलन अयोजक समितिको २३ सदस्यीय सचिवालय बनाएको छ ।

भेलामा नेपाल प्रगतिशिल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष हरिभक्त नेपालीले शिक्षकले आफ्नो पेशागत अधिकारसँग उत्तरदायित्व समेत वोध गरि शैक्षिक सुधारको लागि जुट्नुपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालीले आफ्नो शिक्षक संगठनले शिक्षामा तत्कालिन र दिर्घकालिन सुधारको योजना अघि सारेको बताउँदै शिक्षाम आमा सुधकारको कुरा तत्कालिन सुधार अन्तरगत पर्ने बताउनुभयो ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला सम्मेलन आयोजक समिति बागलुङ्गका संयोजक चन्द्रबहादुर बुढा सागरले माओवादी आन्दोलन निराशामा गईरहेको अवस्थामा भएको पार्टि एकाताले उत्साह थपेको भन्दै आम नेपालीका जिवनस्तर सुधार गर्ने खालको सत्ता संरचना र आर्थिक कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । त्यसको लागि विपन्न वर्गको पक्षपोषण गर्ने राज्य संरचना निर्माण गर्नुपर्ने तर्क गर्नुभएको छ ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माआवादीका केन्द्रिय सदस्य निलबहादुर पुन, अखिल नेपाल प्रगतिशित शिक्षक संगठनका केन्द्रिय सहअध्यक्ष झपेन्द्र क्षत्री र अखिल क्रान्तिकारीका केन्द्रिय सचिव दिवश खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन बागलुङ्गका अध्यक्ष नईन्द्रबहादुर गुरुङ्गको अध्यक्षता, नरबहादुर थापाको स्वागत र चन्द्रदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !