१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रुद्रवेणि वामीटक्सार सडकखण्डको स्तरउन्नती हुने, डेलिगेसन टोली मन्त्रालय चाहर्दै

१३ माघ २०७२, बुधबार १३:०७

कमल पौडेल/ माघ १३, खर्वाङ (बागलुङ) । गुल्मीको रुद्रवेणि, वामी टक्सार, दरमखोला मोटरवाटोको स्तरउन्नतीको लागी भन्दै नेकपा एमाले गुल्मीको टोली काठमाडौं पुगेको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीको समन्वयमा काठमाडौं पुगेको डेलिगेसन टोलीले अर्थमन्त्रि विष्णु पौडेल र उपप्रधान तथा भौतिक योजना निर्माण मन्त्रि विजय कुमार गच्छदारलाई भेट गरि मोटरवाटोको विषयमा छलफल गरेको छ।

baglung district news - sajha sabal

छलफल पछि अर्थमन्त्रि पौडेलले रुद्रवेणि देखि आँपचार सम्मको सडकलाई स्तरउन्नती गर्नको लागी १५ करोड तत्काल खर्च गर्ने गरि काम अगाडि वढाउन निर्देशन दिनुभएको र उप प्रधान तथा भौतिक योजना निर्माण मन्त्रि गच्छदारले आँपचौर देखि वामीटक्सार सम्मको सडकको टेन्डर आह्वान गर्न निर्देशन दिएको टोलीमा सहभागि प्रकाश काफ्लेले जानकारी दिनुभएको छ।

त्यस्तै टोलीले दरमखोला वामी सिँचाईको लागी भन्दै सिँचाई मन्त्रि उमेश यादव सँग पनि छलफल गरेको छ। डेलीगेसन टोलीमा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य मैना भण्डारी, नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटा, लगाएत चेतन वस्नेत मजुवा, चिन्तामणि पाण्डे अस्लेवा, कमला शर्मा र झविराम शर्मा भुवाचिदि, प्रकाश काफ्ले, महेश जि.सि., अग्नीधर लोहनी, नारायण सापकोटा, हरिहर सापकोटा वामी लगाएत रहनु भएको छ।

टोलीले गुल्मीको विकासको लागी ज्ञापन पत्र सहित विहिवार प्रधानमन्त्रिलाई भेट्ने कार्यक्रम रहेको काफ्लेले जानकारी दिनुभएको छ। गुल्मीकै सवै भन्दा व्यस्त सडकको रुपमा चिनिने रिडि रुद्रवेणि वामी टक्सार सडकको लागी प्रत्येक वर्ष थोरै रकम विनियोजन हुने र विनियोजीत रकमको पनि प्रभावकारी काम नभएको आरोप लाग्दै आएको छ। चालु वर्षपनि १ करोड ५० लाख रकम विनियोजन भएको थियो ।

baglung 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव