२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मिलन व्यावसायीक कृषि सहकारी खर्वाङद्धारा उत्कृष्ट कृषकहरुलाई सम्मान

१६ माघ २०७२, शनिबार १३:५२

कमल पौडेल/ माघ १६, बागलुङ (खर्वाङ) । मिलन व्यावसायीक कृषि सहकारी संस्था लि. दगातुन्डाडा बागलुङले व्यावसायीक रुपमा कृषि गर्ने २ वटा फर्म तथा २ जना पशुपालक कृषकलाई सम्मान गरेको छ। शनिवार पाँचौ वार्षिक साधारण सभाको अवसरमा खर्वाङ बजारमा संचालित प्रगतिशिल वंगुर फर्म र मिलिजुली ताजा तरकारी फर्म तथा दगातुन्डाडा ८ का कुखुरा पालक हमेश गिरि र दगातुन्डाडा ३ का वाख्रा पालक कल्पना रामजालीलाई सम्मान पत्र सहित सम्मान गरिएको हो ।
baglung 3
सो कार्यक्रमको उद्घाटन गर्दै एकिकृत सेवा केन्द्र वुर्तिवाङका प्रमुख जनक थापाले सहकारीले सदस्यहरुको जीवन स्तरलाई वृद्धि गर्ने वताउनु भएको छ। थापाले परम्परागत रुपमा गरिएको खेति प्रणालीलाई आधुनिक र व्यावसायीक गराउन सके मात्रै देश सम्वृद्ध वन्न सक्ने वताउनु भएको छ।

कार्यक्रममा दगातुन्डाडाका निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुन, दगातुन्डाडाका गाविस अध्यक्ष एवं सचिव गिता पौडेल, सहकारीका सल्लाहकार संयोजक विष्णु प्रसाद भुसाल, सदस्य कृष्ण प्रसाद खरेल, नेपाली काग्रेसका क्षेत्रिय सदस्य विष्णु थापा, नेकपा एमालेका जिल्ला सल्लाहकार परिषद्का सदस्य टोप नारायण अर्याल, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, परोपकार वहुउद्धेश्यिय सहकारी वामीका सचिव गोपि कृष्ण खरेल, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थि, सिवाईसि शाखा खर्वाङका वरिष्ठ शाखा प्रवन्धक शान्ति शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
baglung 2
सभामा सहकारीका अध्यक्ष दिन वहादुर केसिले भावि निति तथा कार्यक्रम सहितको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष वावुराम जि.सि.ले ५१ लाख ४२ हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष दिन वहादुर केसिको अध्यक्षता उपाध्यक्ष खगिश्वर अर्यालको स्वागत मन्तव्य तथा सचिव जिव वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
baglung 1
सहकारीले बागलुङ जिल्लाका ५ गाविस तथा गुल्मीका ३ गाविसका कृषकहरुलाई एकिकृत गर्दै व्यावसायीक कृषीतर्फ उन्मुख गराउन व्यावसायीक ऋण लगानी तथा अनुगमन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव