Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महोत्तरीमा बाढी उद्धार सामग्री वितरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३२, गौशाला | वर्षेनी बाढीको चपेटामा परी लाखौँ जनधनको क्षति हुने गरेको महोत्तरी जिल्लामा बाढीबाट उद्धारका लागि एक संस्थाले उद्धार सामग्री प्रदान गरेको छ ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम महोत्तरीले जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीलाई उद्धार सामग्री प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक विशाल तिमल्सिनाले बताउनुभयो ।

सो संस्थाले रबरको डुङ्गा, लाइफ ज्याकेट, डोरी, आगलागीको बेला लगाउने पोशाक, माइक, भर्याङ, स्ट्रेचर, हेल्मेट, रेनकोट, त्रिपाल, कोदालो, फरुवालगायतका सामग्री प्रदान गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो ।

सो सामग्री बाढीबाट अति प्रभावित जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकाका तीन स्थानमा उद्धारका लागि प्रदान गरिएको हो भने आवश्यक परेका बेला जिल्लाको कुनै पनि स्थानमा प्रयोग गर्न सकिने जनाइएको छ । रासस