२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रिघामा कृषकहरुको लागी तालिम सुरु

२०७२, १७ माघ आईतवार १५:५०

कमल पौडेल । माघ १७, बागलुङ । अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आज देखि शेयर सदस्य तथा कृषकहरुको लागी कृषि तथा अभिमुखिकरण तालिम शुरु भएको छ।

तालिम रिघा गाविस भवनमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा वरिष्ठ जिल्ला कृषि विकास अधिकृत विनोद हमाल, प्रचार अधिकृत विप्लव अधिकारी, जिल्ला पशुविकास कार्यालय बागलुङका डा. सुवास चौधरी, कृषि सेवा केन्द्र खर्वाङका प्रमुख जटासंकर साहु, सु आहारा कार्यक्रमका फिल्ड संयोजक विश्वनाथ आचार्य ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा सहकारीमा आवद्ध सय भन्दा वढि कृषकहरु सहभागि भएका छन् । तालिम भोली सम्म चल्ने र भोलीको कार्यक्रम खुल्ला अन्तरक्रियात्मक हुने कार्यक्रम संयोजक डम्वर श्रीसले जानकारी दिनुभएको छ। कार्यक्रम सहकारीका अध्यक्ष देव विकको अध्यक्षता, सदस्य घिरेन राजवंशिको स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल