2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रिघामा कृषकहरुको लागी तालिम सम्पन्न

कमल पौडेल/ माघ १८, बागलुङ (खर्वाङ) । अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आइतवार देखि शेयर सदस्य तथा कृषकहरुको लागी शुरु भएको कृषि तथा अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रम तथा अन्तक्र्रिया रिघा गाविसको प्राङ्गणमा सम्पन्न भएको थियो । तालिमको समापन कार्यक्रममा वरिष्ठ जिल्ला कृषि विकास अधिकृत विनोद हमाल, प्रचार अधिकृत विप्लव अधिकारी, जिल्ला पशुविकास कार्यालय बागलुङका डा. सुवास चौधरी, कृषि सेवा केन्द्र खर्वाङका प्रमुख जटासंकर साहु, सु आहारा कार्यक्रमका फिल्ड संयोजक विश्वनाथ आचार्य, रिघा गाविसका सचिव एवं अध्यक्ष कर्म प्रसाद गौतम, नेपाली काग्रेसका संकर प्रसाद पुन, ने.क.पा. एमालेका धिरेन राजवंशि, कृषक अगुवा शेर वहादुर श्रीस, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तक्र्रियामा कृषकहरुले आफुलाई परेका समस्या र समाधानको विषयमा सवाल जवाफ गरेका थिए ।

सहकारीमा आवद्ध दुई सय भन्दा वढि कृषकहरु सहभागि भएको कार्यक्रममा मौसमी तरकारीहरुको विउपल पनि वितरण गरिएको थियो । तालिमले कृषकहरुलाई व्यावसायीकतामा लाग्न उत्प्रेरित गरेको भन्दै सहकारीले अव रिघामा व्यावसायीक कृषि फर्महरु संचालन हुने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सहकारीका अध्यक्ष देव विकको अध्यक्षता, प्रवन्धक सोनाम घर्ति को स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई