१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सारदाविद्या मन्दिर मावि वामी मैदानको लागी नगद ६ लाख सहयोग गर्ने सारदा शर्माको घोषणा

२२ माघ २०७२, शुक्रबार ०९:००

कमल पौडेल/ माघ २२, बागलुङ (खर्वाङ) । सारदाविद्या मन्दिर मावि वामी मैदान गुल्मीको भवन निर्माणार्थ हाल भरतपुर १०, चितवन निवासी सारदा शर्मा पौडेलले नगद ६ लाख सहयोग तथा १ वर्षको स्वयम्सेविको रुपमा काम गर्ने घोषणा गर्नुभएको छ। वामी ४ निवासी शिक्षाविद् स्वर्गिय भिस्म सापकोटाकी छोरी समेत रहेकी पौडेलले बुधवार वामी मैदानमा भएको भवन निर्माण समितिको वैठकमा सो घोषणा गर्नुभएको हो।

वामीकै शैक्षिक धरोहरको रुपमा रहेको विद्यालयको भवन निर्माणको लागी विदेसमा रहेका नेपालीहरुवाट वामी सेवा समित जापान मार्फत ५० लाख, जिल्ला शिक्षा कार्यालय गुल्मीको ३२ लाख तथा स्थानियहरुको सहयोग संकलन अभियान वाट झण्डै १८ लाख गरि कुल १ करोडमा १८ कोठे भवन निर्माण गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाले जानकारी दिनुभएको छ। सो भवन निर्माण समितिको वैठकमा वामी सेवा समिति जापानका अध्यक्ष टिकाराम घिमिरे, पूर्व उपाध्यक्ष रामलाल सापकोटा, सदस्य थानेश्वर घिमिरे, जापान प्रतिनिधिहरु रवि घिमिरे, शेर वहादुर केसि, उत्सव केसि, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ठग वहादुर केसि, शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ खरेल, अर्थ संकलन समितिका संयोजक भुवन केसि लगाएतलको सहभागिता रहेको थियो । वैठकले पहिलो तलाको रुपमा तत्कालै ६ कोठे भवन निर्माण सुरु गर्ने, जसको लागी गिटि वालुवा टेन्डर गर्ने, प्राविधिक सर्वे डिजाइन गर्ने, लगाएतका निर्णय गरेको छ।

वैठक भवन निर्माण समितिका अध्यक्ष शारदा शर्मा पौडेलको अध्यक्षता तथा प्रधानाध्यापक ज्ञानहरी सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का