2026-07-25 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेकपा क्रान्तिकारी माओबादी बागलुङले स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाईयो

माघ २५, बागलुङ । नाकाबन्दीको नाममा पछिल्लो समयमा देखिएको बिभिन्न समस्यालाई तत्काल समाधान

गर्न माग गर्दै नेकपा क्रान्तिकारी माओबादी बागलुङले स्थानीय प्रशासनको ध्यानार्कषण गराएको छ ।

नाकाबन्दी खुलेर सहज अवस्था सिर्जना हुन लागि रहेको अवस्थामा पनि पेट्रोलियम पदार्थ, ग्यास लगायतको चरम अभाव एवं महंगीले सर्वसाधारण नागरिकको जिवन कष्टकर बनेको प्रति ध्यान केन्द्रित गर्न ज्ञापन पत्र मार्फ आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थ र ग्यासको बितरण प्रणाली अबैज्ञानिक भएको, पेट्रोलियम पदार्थको अभाव देखाउदै सवारी साधनले मनपरि भाडा लिएको, दैनिक उपभोग्य बस्तुको कृत्तिम अभाव श्रृजना गरी अस्भाविक मुल्य बृद्धि गरिएको, भूकम्प पिडितलाई राहत बितरण सामाग्री पुग्न नसकेकोले लगायतका १४ बुदे माग
समावेश गरिएको छ ।

नेकपा क्रान्तिकारी माओबादीका जिल्ला संयोजक चन्द्रबहादुर बुढा ‘सागर’ले निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीलाई ज्ञापन पत्र बुझाउदै जिल्लामा ग्यास, डिजेल, पेट्रोल बितरणमा देखिएको मनपरी र बढ्दो महङ्गी नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

दैनिक उपभोग्य बस्तुहरुको अभाव, मंहगी, भ्रष्टचार कालोबजारीको कारण मानविय जिवनमा समस्या भएकोमा जिम्मेवार बन्दै राज्यको अनुभूति दिलाउन ज्ञापन पत्र मार्फत प्रशासनलाई ध्यानाकर्षण गराइएको छ ।

बिकास निमार्णका काममा ढिलासुस्ती, पछिल्लो समयमा नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङको तालिका प्रकाशन गरि पिडित बनेका नागरिकलाई थप पिडा दिएको, ३ सय मेघावाट उत्तरगंगा जलाशययुक्त जनबिद्युत परियोजना सफल हुन नदिने काम भईरहेकाले प्रशासनको ध्यानार्कषण गराइएको संयोजक बुढाले बताउनुभयो ।

स्थानिय स्तरमा रहेको कुरा ज्ञापन पत्रका रहेकोले यस बिषयमा अध्ययन गरि आवश्यक पहल चाल्ने निमित्ति प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले बताउनुभयो । अनियमितामा प्रशानको कुनै हात नभएको भन्दै गिरीले यस बिषयमा छानविन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक