2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सिमसार क्षेत्र संरक्षणमा नगरपालिका

पुरुषोत्तम सुवेदी/साउन १, नवलपरासी | सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान शुरु गरेको छ । 

नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी छन् । नगरपालिकाले ताल संरक्षण गरेर आयआर्जन गर्ने योजना ल्याए पनि प्रभावकारी हुन नसकेपछि ठोस योजनासहित संरक्षण अभियान शुरु गरेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । 

तालतलैया संरक्षणका लागि छुट्टै योजना नै बनाएर व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ । गुप्ताले भन्नुभयो, “व्यक्तिले भन्दा पनि सार्वजनिक कामका लागि ताल तलैया वरपरका जग्गाको संरक्षण गरेर आयआर्जनमा समेत टेवा पुर्याउने नगरको योजना छ ।” 

यसैबीच पश्चिम नवलपरासीकै बर्दघाट नगरपालिका जहदामा रहेको पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको बुद्धमंगल तालको संरक्षणका लागि पनि उक्त नगरपालिकाले पहल शुरु गरेको छ । 

अहिले नगरपालिकाले नगरभित्रका सिमसार क्षेत्र र ताल तलैया संरक्षणका लागि कार्ययोजना नै बनाएर अगाडि बढेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । 

बुद्धमंगल ताल गौतमबुद्धसँग सम्बन्धित ताल हो । बुद्ध भगवान् त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा यस तालको कुटीमा एक रात बसेर भोलिपल्ट तालको पानी खाएर मात्र यात्रा गर्ने गरेको धार्मिक मान्यता रहिआएको छ । 

केही वर्ष अगाडि साविक जहदा गाविसले तालको व्यवस्थापन गरी माछापालन गर्न खोजे पनि ऐतिहासिक ताल भएकाले माछापालन गर्न नहुने जनआबाजले यसको व्यवस्थापन रोकिएको थियो । 

करीब १० देखि १२ बिगाहा क्षेत्रमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा पर्दै अहिले सात बिगाहा क्षेत्रफलमा मात्र सीमित छ । 

पुरातत्व विभागमा आग्रह 

पूर्वी नवलपरासीको गैँडाकोट–१३ सिख्रौलीवासीले दुई वर्ष अगाडि उत्खनन गरेका पुरातात्विक महत्वका वस्तु संरक्षणका गरी विस्तृत अध्ययनका लागि पुरातत्व विभागलाई गुहारेका छन् । 

स्थानीय शिवालय मन्दिरमा शिखर शैलीको ऐतिहासिक भग्नावशेष उत्खनन गरे पनि उचित रूपले संरक्षण हुन नसक्दा उत्खनन गरिएका वस्तु अलपत्र परेकाले थप अध्ययन गरेर सोहीअनुसारको संरचना तयार गर्न स्थानीयवासीले माग गरेका हुन् । 

केही क्षेत्रमात्र उत्खनन गरेर छोड्दा मन्दिर व्यवस्थापन समितिले पनि काम गर्न नपाएको र थप उत्खननसमेत नभएको भन्दै तत्काल उत्खनन गरेर निष्कर्ष दिन स्थानीयवासीले माग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद घिमिरेले बताउनुभयो । 

नारायणी नदी किनारमा मन्दिर रहेको र प्रशस्त जग्गा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर अगाडि बढाउन सकेमा यस क्षेत्रको विकास हुने स्थानीयवासीको अपेक्षा छ । 

उत्खननका क्रममा १५औँ शताब्दीभन्दा पुरानो ऐतिहासिक र कलात्मक मन्दिर रहेको तथ्य फेला पर्नुका साथै करीब एक हजार २०० वटा विभिन्न वस्तु फेला परेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता