Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका आधा दर्जन स्थानीय तहका कार्यालय जोड्ने सडक अवरुद्द

२०७५, १ श्रावण मंगलवार ०८:५५

साउन १, नुवाकोट | अविरल वर्षाका कारण ग्रामीण सडक बिग्रँदा यहाँका आधा दर्जन स्थानीय तहको कार्यालय सवारी साधनको पहुँचबाट वञ्चित भएका छन् । 

स्थानीय तहले विकास बजेटको ठूलो हिस्सा सडक निर्माण तथा स्तरोन्नतिमा खर्च गरे पनि सडक व्यवस्थित नहुँदा वर्षाका कारण आएको बाढीले ती सडक प्रयोगविहीन अवस्थामा पुर्याएको हो । 

ठूलो रकम खर्चेर विस्तार गरिएका सडक वर्षाले बगाउँदा जिल्लाको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर, तार्केश्वर गाउँपालिकाको केन्द्र दाङसिंह, किस्पाङ गाउँपालिकाको केन्द्र काहुले, पञ्चकन्या गाउँपालिकाको केन्द्र लाँकुरीभञ्याङ र शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरसम्म सञ्चालित सवारी साधान अवरुद्ध भएको हो । सडक अवरुद्धले जिल्लामा रहेका ८८ वटा वडा कार्यालय पनि सवारी साधनको पहुँच बाहिर छन् । 

बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको कार्यालय बाघखोर पुग्न असार पहिलो सातासम्म सार्वजनिक यातायातका गाडी सञ्चालन भइरहे पनि अहिले निजी गाडीसमेत चल्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार जनताको माग र आवश्यकताका आधारमा एक वर्षमा २५५ सडक किलोमिटर सडक विस्तार गरे पनि ती अधिकांश सडक वर्षाले क्षति पुर्याएका कारण 

केन्द्रबाट अन्यत्र जान कर्मचारी र सेवाग्राहीले सास्ती पाएका छन् । 

ग्रामीण सडक विस्तार भए पनि व्यवस्थित नहुँदा करोडौँ रुपैयाँको लगानी खेर गएको पञ्चकन्याका उपाध्यक्ष सीता खड्काले बताउनुभयो । “गाउँमा विकास भित्र्याउन सबैभन्दा दुर्गम स्थानमा केन्द्र तोकेर सडक विस्तार गरी जनतालाई सेवा पु¥याउन थालेका थियौँ ।” खड्काले भन्नुभयो, “केन्द्रसम्म विस्तार गरेको सडकमा अहिले मोटरसाइकलसमेत चल्न नसक्दा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने अन्योलमा छौँ ।” 

असार पहिलो सातादेखि नै निरन्तर परेको वर्षाले जिल्लाका बाह्रमध्ये पाँच स्थानीय तह सवारी साधनको पहुँचबाट वञ्चित हुँदा स्थानीयवासीको दैनिक क्रियाकलापमा असर परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश