२८ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला मल्ममा सुरु

२८ माघ २०७२, बिहीबार ०४:४१

baglung newsकृष्ण कँडेल/माघ २८, गलकोट । शिक्षक विद्यार्थी र अभिभावकको लागि अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला आज देखि मल्ममा सुरु भएको छ ।

विद्यार्थीको आँखामा राष्ट्रको भविष्य खोजौँ गुणस्तरिय शिक्षाका लागि आजैदेखि सवैले पहल गरौँ भन्ने उदेश्यका साथ कार्यशाला गरिएको हो । होटल समिट धौलागिरी तथा कालिका मल्टि प्यालेस बागलुङका सञ्चालक अर्जुन चोखालको अवधारणा तथा प्रयोजनमा भएको पहिलो दिनको कार्यक्रम प्रगति प्राथमिक विद्यालय मल्ममा भएको छ ।

कार्यक्रममा शिव उच्च मावि स्रोतकेन्द्रका प्रगति प्रावि, दिपज्योती निमावि, शिरवारे प्रावि, देउराली प्रावि पाण्डुकेश्वर प्रावि, गलकोट ईङ्सि स्कुल तथा पृथ्वी उच्च मावि श्रोतकेन्द्र अन्तरगतका जयसन्तोषिमाँ प्रावि हटिया, धौलागिरी प्रावि हटिया लगायतका विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागी भएका हरिचौर स्रोतकेन्द्रका स्रोतव्यक्ति बमबहादुर थापाले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको अक्षर लेखामा सुधार गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यतले कार्यक्रम गरिएको हो । विशेषज्ञ प्रशिक्षक बामदेव योगीले सहजिकण गर्नुभएको कार्यक्रम भोली जनहित शिक्षा कोषको व्यवस्थापनमा जनहित मावि मल्ममा, माघ २९ गते भैरव मावि वाँस्खोलामा हुने प्रयोजक चोखालले जानकारी दिनुभयो ।

फागुन १ गते घुम्टेयुवा परिवार मल्मको व्यवस्थापनमा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीको उपस्थितीमा हरिचौर स्रोतकेन्द्र र काँडेवास स्रोतकेन्द्र अन्तरगतका विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य र अभिभावकको उपस्थितीमा गुणस्तरिय शिक्षा सम्वन्धि परामर्ष तथा अन्तरक्रिर्या कार्यक्रम गरिने काँडेवास स्रोतकेन्द्रका स्रोतव्यक्ति दिनेश पन्तले जानकारी दिनुभयो ।

फुलबारीका २६ घरधुरीले आफ्नै गाउँघरमा रहेको परम्परागत पानी घट्टमा पिसानी गर्दै
कृष्ण कँडेल/माघ २८, गलकोट । काँडेवास–८ वतासे फुलबारीका स्थानिय २६ घरधुरीले आफ्नै गाउँघरमा रहेको परम्परागत पानी घट्टमा पिसानी गर्दै आएका छन् ।

दैनिक जीवनमा विसेर प्रयोग गर्नुपर्ने मकै, गाहुँ, जौ, दाल लगायतका खाद्यान्न उनिहरुले पानी घट्टमै पिस्ने गरेका छन् । पहिले पहिले खाद्यान्न पिसानीका लागि गुल्मीको अर्लाङकोट र काँडेवास बाजारसम्म जानुपर्ने बाध्यता थियो ।

२०६४ सालमा स्थानिय खोलामा पानी घट्ट बनाएपछि अहिले सजिलो भएको स्थानिय नरबहादुर दर्लामीले जानकारी दिनुभयो । गाउँमा चेतबहादुर दर्लामीले पानी घट्ट राख्नुभएको हो । शिक्षक समेत रहनुभएका दर्लामिले आफुलाई त्यति कमाई नभएपनि स्थानियको सुविधाको लागि घट्ट सञ्चालन गरिरहको बताउनुभयो ।

उहाँका फुपु र घरपरिवारले घट्टमा आउनेहरुको खाद्यान्नवाली पिसीदिने गरेका छन् । घट्ट सञ्चालन गरेर महिनामा मुस्कीलले ५ हजार जती आम्दानी हुने गरेको सञ्चालक दर्लामिले जानकारी दिनुभयो । घट्टमा पिसेको खाद्यान्न स्वादिलो स्वाथ्याका लागि समेत राम्रो हुने स्थानिय भिमबहादुर वुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा सुनार पक्राउ सामाजिक सञ्जाल सम्बन्धी विधेयक मान्य छैनः सांसद मनिष झा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय पक्राउ, तीन अर्ब बढीको कारोबार पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु खेलकुदमन्त्रीले ‘श्री ५ को सरकार’ लेखेकोप्रति माओवादी सांसदको आपत्ति चाबहिलमा २ समूहबिच झगडा हुँदा एक युवकको हत्या, ३ जना पक्राउ सरकारको नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले एआईजीको राजीनामा गराए : सुमना श्रेष्ठ आगामी साता सार्वजनिक हुँदै सस्तो आईफोन: के-के छन् विशेषता, मूल्य कति ? चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री राणा बालेन शाहलाई अमरेशकुमारको चूनौति : हिम्मत छ भने सिंहदरबार र संसद् भवन भत्काएर देखाउ(भिडिओ) आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा मेयर भएपछि बालेनको पहिलो ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सार्वजनिक हुँदै