७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला मल्ममा सुरु

२८ माघ २०७२, बिहीबार ०४:४१

baglung newsकृष्ण कँडेल/माघ २८, गलकोट । शिक्षक विद्यार्थी र अभिभावकको लागि अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला आज देखि मल्ममा सुरु भएको छ ।

विद्यार्थीको आँखामा राष्ट्रको भविष्य खोजौँ गुणस्तरिय शिक्षाका लागि आजैदेखि सवैले पहल गरौँ भन्ने उदेश्यका साथ कार्यशाला गरिएको हो । होटल समिट धौलागिरी तथा कालिका मल्टि प्यालेस बागलुङका सञ्चालक अर्जुन चोखालको अवधारणा तथा प्रयोजनमा भएको पहिलो दिनको कार्यक्रम प्रगति प्राथमिक विद्यालय मल्ममा भएको छ ।

कार्यक्रममा शिव उच्च मावि स्रोतकेन्द्रका प्रगति प्रावि, दिपज्योती निमावि, शिरवारे प्रावि, देउराली प्रावि पाण्डुकेश्वर प्रावि, गलकोट ईङ्सि स्कुल तथा पृथ्वी उच्च मावि श्रोतकेन्द्र अन्तरगतका जयसन्तोषिमाँ प्रावि हटिया, धौलागिरी प्रावि हटिया लगायतका विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागी भएका हरिचौर स्रोतकेन्द्रका स्रोतव्यक्ति बमबहादुर थापाले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको अक्षर लेखामा सुधार गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यतले कार्यक्रम गरिएको हो । विशेषज्ञ प्रशिक्षक बामदेव योगीले सहजिकण गर्नुभएको कार्यक्रम भोली जनहित शिक्षा कोषको व्यवस्थापनमा जनहित मावि मल्ममा, माघ २९ गते भैरव मावि वाँस्खोलामा हुने प्रयोजक चोखालले जानकारी दिनुभयो ।

फागुन १ गते घुम्टेयुवा परिवार मल्मको व्यवस्थापनमा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीको उपस्थितीमा हरिचौर स्रोतकेन्द्र र काँडेवास स्रोतकेन्द्र अन्तरगतका विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य र अभिभावकको उपस्थितीमा गुणस्तरिय शिक्षा सम्वन्धि परामर्ष तथा अन्तरक्रिर्या कार्यक्रम गरिने काँडेवास स्रोतकेन्द्रका स्रोतव्यक्ति दिनेश पन्तले जानकारी दिनुभयो ।

फुलबारीका २६ घरधुरीले आफ्नै गाउँघरमा रहेको परम्परागत पानी घट्टमा पिसानी गर्दै
कृष्ण कँडेल/माघ २८, गलकोट । काँडेवास–८ वतासे फुलबारीका स्थानिय २६ घरधुरीले आफ्नै गाउँघरमा रहेको परम्परागत पानी घट्टमा पिसानी गर्दै आएका छन् ।

दैनिक जीवनमा विसेर प्रयोग गर्नुपर्ने मकै, गाहुँ, जौ, दाल लगायतका खाद्यान्न उनिहरुले पानी घट्टमै पिस्ने गरेका छन् । पहिले पहिले खाद्यान्न पिसानीका लागि गुल्मीको अर्लाङकोट र काँडेवास बाजारसम्म जानुपर्ने बाध्यता थियो ।

२०६४ सालमा स्थानिय खोलामा पानी घट्ट बनाएपछि अहिले सजिलो भएको स्थानिय नरबहादुर दर्लामीले जानकारी दिनुभयो । गाउँमा चेतबहादुर दर्लामीले पानी घट्ट राख्नुभएको हो । शिक्षक समेत रहनुभएका दर्लामिले आफुलाई त्यति कमाई नभएपनि स्थानियको सुविधाको लागि घट्ट सञ्चालन गरिरहको बताउनुभयो ।

उहाँका फुपु र घरपरिवारले घट्टमा आउनेहरुको खाद्यान्नवाली पिसीदिने गरेका छन् । घट्ट सञ्चालन गरेर महिनामा मुस्कीलले ५ हजार जती आम्दानी हुने गरेको सञ्चालक दर्लामिले जानकारी दिनुभयो । घट्टमा पिसेको खाद्यान्न स्वादिलो स्वाथ्याका लागि समेत राम्रो हुने स्थानिय भिमबहादुर वुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी