१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ताराखोलाको एक घरमा आगलागी

२८ माघ २०७२, बिहीबार ०४:५१

कृष्ण कँडेल/माघ २८, गलकोट । ताराखोलाको एक घरमा आगलागी भएको छ ।

तारा–२ सानोहिलेका लालबहादुर घर्तीको घरमा हिजो साँझ आगलागी हुँदा १० लाख बराबारको क्षती भएको स्थानियले अनुमान गरेका छन् । साँझ ७ बजेको समयमा अचानक घरमा आगलागी भएको घरमा रहका लत्ताकपाडा, भाँडाकुँडा, अन्नपात जलेर नष्ट भएको स्थानिय डमबहादुर घर्तीले जानकारी दिनुभयो ।

घटनाको बारेमा बुझ्न तथा क्षतीको मुचुल्का बनाउन प्रहरी सहायक निरिक्षक केदार थापा नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको ईप्रका हरिचौर गलकोटका प्रहरी नायब निरिक्षक कुमार सेढाईले जानकारी दिनुभयो ।

घटना स्थल पुगेको प्रहरी टोलीसँग फोन सम्पर्क हुन नसकेका कारण आगलागी कसरी भएको हो ? भन्ने वारेमा थप जानकारी नआएको उहाँको भनाई छ । आगो लाग्ने क्रममा केटाकोटीहरु मात्र घरमा रहेको पिडित लालबहादुर घर्तीले बताउनुभयो ।

आफु काम व्यवहारले गाउँ तिर गएको बेला घटना भएको बताउनुभयो । अचानक आगो सल्कीएपछि एकाएक दन्कीएको र पुरै घर जलेर नष्ट भएको स्थानिय लक्ष्मण कँडेलले जानकारी दिनुभयो । तर आगो लाग्नुको कारण बारे थाहा नभएको उहाँको भनाई छ ।

घर जलेपछि घर्तीको ६ जनाको परिवार आफ्नै वुवाको घरमा बसेका वडा नागरिक मञ्चका संयोजक मनबहादुर रोकाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का