२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ताराखोलाको एक घरमा आगलागी

२०७२, २८ माघ बिहीबार ०४:५१

कृष्ण कँडेल/माघ २८, गलकोट । ताराखोलाको एक घरमा आगलागी भएको छ ।

तारा–२ सानोहिलेका लालबहादुर घर्तीको घरमा हिजो साँझ आगलागी हुँदा १० लाख बराबारको क्षती भएको स्थानियले अनुमान गरेका छन् । साँझ ७ बजेको समयमा अचानक घरमा आगलागी भएको घरमा रहका लत्ताकपाडा, भाँडाकुँडा, अन्नपात जलेर नष्ट भएको स्थानिय डमबहादुर घर्तीले जानकारी दिनुभयो ।

घटनाको बारेमा बुझ्न तथा क्षतीको मुचुल्का बनाउन प्रहरी सहायक निरिक्षक केदार थापा नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको ईप्रका हरिचौर गलकोटका प्रहरी नायब निरिक्षक कुमार सेढाईले जानकारी दिनुभयो ।

घटना स्थल पुगेको प्रहरी टोलीसँग फोन सम्पर्क हुन नसकेका कारण आगलागी कसरी भएको हो ? भन्ने वारेमा थप जानकारी नआएको उहाँको भनाई छ । आगो लाग्ने क्रममा केटाकोटीहरु मात्र घरमा रहेको पिडित लालबहादुर घर्तीले बताउनुभयो ।

आफु काम व्यवहारले गाउँ तिर गएको बेला घटना भएको बताउनुभयो । अचानक आगो सल्कीएपछि एकाएक दन्कीएको र पुरै घर जलेर नष्ट भएको स्थानिय लक्ष्मण कँडेलले जानकारी दिनुभयो । तर आगो लाग्नुको कारण बारे थाहा नभएको उहाँको भनाई छ ।

घर जलेपछि घर्तीको ६ जनाको परिवार आफ्नै वुवाको घरमा बसेका वडा नागरिक मञ्चका संयोजक मनबहादुर रोकाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !