११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला जारि

२९ माघ २०७२, शुक्रबार ०७:२४

कृष्ण कँडेल/माघ २९, गलकोट । शिक्षक विद्यार्थी र अभिभावकको लागि अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला बिहिबार पनि मल्ममा भएको छ ।

विद्यार्थीको आँखामा राष्ट्रको भविष्य खोजौँ गुणस्तरिय शिक्षाका लागि आजैदेखि सवैले पहल गरौँ भन्ने उदेश्यका साथ कार्यशाला गरिएको हो । होटल समिट धौलागिरी तथा कालिका मल्टि प्यालेस बागलुङका सञ्चालक अर्जुन चोखालको अवधारणा तथा आर्थिक सहयोगमा भएको दोस्रो दिनको कार्यक्रम जनहित शिक्षा कोषले स्थानिय व्यवस्थापन गरेको थियो ।

कार्यक्रममा जनहित मावि, नेटा प्रावि र दिपज्योती निमाविका शिक्षक तथा विद्यार्थीहरुको सहभागी भएका जनहित शिक्षा कोषका सदस्य ज्ञानबहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रममा स्थानिय शिव वलविकास केन्द्रका सहजकर्ता र स्थानिय विद्यार्थी शिक्षक तथा अभिभावकको समेत उपस्थीती रहको थियो । विद्यार्थीहरुको अक्षर लेखामा सुधार गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यतले कार्यक्रम गरिएको हो ।

विशेषज्ञ प्रशिक्षक बामदेव योगीले सहजिकण गर्नुभएको कार्यक्रम भोली भैरव मावि वाँस्खोलामा हुने प्रायोजक चोखालले जानकारी दिनुभयो । फागुन १ गते घुम्टेयुवा परिवार मल्मको व्यवस्थापनमा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीको उपस्थितीमा हरिचौर स्रोतकेन्द्र र काँडेवास स्रोतकेन्द्र अन्तरगतका विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य र अभिभावकको उपस्थितीमा गुणस्तरिय शिक्षा सम्वन्धि परामर्ष तथा अन्तरक्रिर्या कार्यक्रम गरिने काँडेवास स्रोतकेन्द्रका स्रोतव्यक्ति दिनेश पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री