२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला जारि

२०७२, २९ माघ शुक्रबार ०७:२४

कृष्ण कँडेल/माघ २९, गलकोट । शिक्षक विद्यार्थी र अभिभावकको लागि अक्षर लेखन सुधार तथा परामर्श कार्यशाला बिहिबार पनि मल्ममा भएको छ ।

विद्यार्थीको आँखामा राष्ट्रको भविष्य खोजौँ गुणस्तरिय शिक्षाका लागि आजैदेखि सवैले पहल गरौँ भन्ने उदेश्यका साथ कार्यशाला गरिएको हो । होटल समिट धौलागिरी तथा कालिका मल्टि प्यालेस बागलुङका सञ्चालक अर्जुन चोखालको अवधारणा तथा आर्थिक सहयोगमा भएको दोस्रो दिनको कार्यक्रम जनहित शिक्षा कोषले स्थानिय व्यवस्थापन गरेको थियो ।

कार्यक्रममा जनहित मावि, नेटा प्रावि र दिपज्योती निमाविका शिक्षक तथा विद्यार्थीहरुको सहभागी भएका जनहित शिक्षा कोषका सदस्य ज्ञानबहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रममा स्थानिय शिव वलविकास केन्द्रका सहजकर्ता र स्थानिय विद्यार्थी शिक्षक तथा अभिभावकको समेत उपस्थीती रहको थियो । विद्यार्थीहरुको अक्षर लेखामा सुधार गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यतले कार्यक्रम गरिएको हो ।

विशेषज्ञ प्रशिक्षक बामदेव योगीले सहजिकण गर्नुभएको कार्यक्रम भोली भैरव मावि वाँस्खोलामा हुने प्रायोजक चोखालले जानकारी दिनुभयो । फागुन १ गते घुम्टेयुवा परिवार मल्मको व्यवस्थापनमा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीको उपस्थितीमा हरिचौर स्रोतकेन्द्र र काँडेवास स्रोतकेन्द्र अन्तरगतका विद्यालयका शिक्षक, व्यवस्थापन समितिका सदस्य र अभिभावकको उपस्थितीमा गुणस्तरिय शिक्षा सम्वन्धि परामर्ष तथा अन्तरक्रिर्या कार्यक्रम गरिने काँडेवास स्रोतकेन्द्रका स्रोतव्यक्ति दिनेश पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !