2026-09-19 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाढीले बुर्तिबाङमा क्षति

साउन २, बागलुङ | गएरातिको अविरल वर्षापछि आएको भल–बाढीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा क्षति पुर्याएको छ । 

स्थानीय ठाडो खोलाले बाढीको रुप लिएपछि बजारका घर, भवन र सडकमा क्षति पुगेको हो । पसल, फर्निचर, मिल, रेष्टुराँ रहेका १५ वटा अस्थायी टहरामा बाढी पसेको प्रहरीले जनाएको छ । केही टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको र अन्यमा पसल तथा घरभित्रका सामान पुरिएका छन् । 

चार पक्की घरमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताउनुभयो । 

“घरभित्र पसेको भल, गग्रेटा सफा गर्ने र सामान निकाल्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “हिजो नै जोखिम भएका घरमा नबस्न भनिएकाले कुनै मानवीय क्षति भएन ।” मंगलबार दिउँसोदेखि नै परेको वर्षाले बुर्तिबाङ बजार जलमग्न भएको थियो । 

गग्रेटासहित बजार पसेको भलले निर्माणाधीन बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीको एक तला पुरेको छ । 

बजारका अस्पताल, बसपार्क, देवचोक, इलाका प्रहरी कार्यालय रहेको क्षेत्रमा बढी क्षति पुगेको स्थानीय रामनारायण सुवेदीले बताउनुभयो । उहाँका अनुसार स्थानीय बासिन्दा रातभर वर्षा भएपछि डरले जाग्राम बसेका थिए । भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । बुर्तिबाङदेखि भब्रेटा जाने मोटरबाटो खन्ने क्रममा थुप्रिएको ढुं््गा, माटो ठाडो खोलाले बगाउँदा बाढीको रुप लिएको हो । 

स्थानीय विपद् व्यवस्थापन समितिले उद्धार र राहतमा जुट्न सबैलाई अनुरोध गरेको छ । घरटहरा पूर्णरुपमा क्षति भई विस्थापित बनेका परिवारलाई तत्कालका लागि विद्यालय भवनमा राख्ने तयारी भइरहेको छ । बाढी पसेको स्थानमा सडक क्षतविक्षत बनेपछि बुर्तिबाङबाट बाहिर छुट्ने सवारी साधन रोकिएका छन् । बिहानपख वर्षा थामिएपछि जनजीवन सामान्य बन्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो