२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा बलात्कारमा परेकी महिलाले दिईन् यस्तो बयान

२०७५, २ श्रावण बुधबार ०७:०६

साउन २, बर्दिबास । बलात्कार अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको तिलाठी गाउँपालिका ५ बसाईन गाउँका २४ वर्षीय सुरेन्द्र सरदार र २० वर्षीय कपुर सरदारलाई एक महिलामाथि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका असई प्रकाश महतोले जानकारी दिए ।

गत असार ३० गते राति साढे ११ बजे महोत्तरीको बर्दिबासस्थित कलश पेट्रोलपम्प नजिकैको जंगलमा लगेर उनीहरूले आफूलाई बलात्कार गरेको ४२ वर्षीय पीडित महिलाले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

ती महिला पक्राउ परेका दुई युवासहित अन्यकी भान्से थिइन् । आर्थिक अवस्था कमजोर भएकी उनले बर्दिबास चोकमा सडक कालोपत्रे गर्ने कामदारहरूलाई खाना बनाएर दुई सन्तानसहित आफ्नो पेट पाल्दै आएकी थिइन् । बलात्कार अभियोगमा पक्राउ परेका दुई युवा पनि सडक पिच गर्ने काम गर्थे ।

‘कपुरले हात समाते र सुरेन्द्रले करणी गरे,’ उजुरीमा उल्लेख छ,‘ गुहार माग्दा मुख थुनिदिए । कसैलाई भनेमा ज्यान मारिदिने भने’, उनले प्रहरीसँग भनेकी छन् ।

पक्राउ परेका दुबैजनाविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी