२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ सहकारी ऐन सँग सहकारीका नाममा ठगी गर्ने अत्तालिएको उप प्रधानमन्त्रि केसिको भनाई

२०७२, १ फाल्गुन शनिबार ०२:०४

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) ।  उपप्रधान तथा सहकारी एवं गरिवि निवारण मन्त्रि चित्र वहादुर के.सि.ले नयाँ सहकारी ऐन ल्याउन लाग्दा सहकारीका नाममा ठगि गर्नेहरु अत्तालिएको वताउनु भएको छ।

शुक्रवार साँझ बागलुङ खर्वाङका स्थानिय सहकारी कर्मिहरु संग अन्तरक्रिर्या गर्दै केसिले २०४८ को सहकारी ऐन वर्तमान समयमा उपयुक्त नभएकोले आवश्यक संसोधन सहित नयाँ ऐन ल्याउन लागेको जानकारी दिनुभएको छ। विद्यायन सभामा पुगेको ऐनलाई पास हुन नदिन विभिन्न चलखेलहरु भएको आरोप लगाउँदै केसिले सो ऐनले मात्रै सहकारी क्षेत्र सवल वन्ने दावी गर्नुभएको छ।
news

सहकारी समाजवादी अर्थतन्त्रको जग भएको भन्दै केसिले सवल सहकारीवाट जनताको सम्वृद्धि हुने वताउनु भएको छ। एक फरक प्रसंगमा केसिले नेपालले आफै संविधान जारी गरेवापत नाकावन्दि वेहोर्नु परेको भन्दै संघियताको नाममा वैदेशिक हस्तक्षेप वढि रहेको र संधियता खारेज नभएसम्म समस्या समाधान नहुने समेत दावी गर्नुभएको छ।

रेडियो सारथी संगको कुराकानी क्रममा केसिले गरिवि निवारणको लागी पहिलो चरणमा गरिवि पहिचान गर्न २५ जिल्लामा कार्यक्रम सुरु भएको र गरिविको परिचय पत्र वितरण गरिने त्यसपछि आवश्यक काम गरिने वताउनु भएको छ। देशमा मात्रात्मक परिवर्तन भएपनि गुणात्मक परिवर्तन हुन नसकेको भन्दै गुणात्मक परिवर्तन विना आम जनताले परिवर्तनको महसुस गर्न कठिन हुने पनि केसिले वताउनु भएको छ।

केसिले गरिवि निवारण कोष नै गरिवि निवारण मन्त्रालयको मातहतमा नभएकोले सो कोषलाई मातहत ल्याउने कार्य भैरहेको जानकारी दिनुभएको छ। केसिले सनिवार राष्ट्रिय जनमोर्चा बागलुङ को पाचौं जिल्ला सम्मेलनको वुर्तिवाङमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला