2026-06-29 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ट्रकले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा खर्वाङमा एक जनाको ज्यान गयो

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) । बा २ ख ९२९६ नम्वरको ट्रकलेले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा बागलुङको खर्वाङमा एक जना महिलाको ज्यान गएको छ। शिसाखानी ४ स्थायी घर भई हाल दगातुन्डाडा ७ खर्वाङमा वस्दै आएका जित वहादुर पुन कि ३० वर्षिया श्रीमति टिका पुनको शनिवार विहान मृत्यू भएको हो।

सानो चिया पसल समेत संचालन गर्दै आएकि पुनले विहान ६ः४० वजे तिर सरसफाई गर्दै गर्दा बुटवलवाट वुर्तिवाङ तर्फ ग्याँस सिलिण्डर लिएर जाँदै गरेको ट्रकको टायरले उछिट्याएको ढुंगाले छातिमा लागी घाईते भएकि पुनको उपचारका लागी हटिया लैजादै गर्दा मृत्यू भएको प्रहरीले वताएको छ।

ट्रक र चालकलाई ग्वालीचौर प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वुर्तिवाङ पठाएको र थप अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। मृतक टिका श्रीमान जित वहादुर ले जिप चलाउँदै आएका छन्। नावालक २ छोरी र १ छोरा रहेको पुन परिवार विचल्लीमा परेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी