२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेरीगंगामा जनप्रतिनीधिबीच विवाद

२०७५, २ श्रावण बुधबार १५:३९

साउन २, सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुबीचको विवाद छताछुल्ल भएको छ । नगरपालिकाको नगरसभाको बिषयलाई लिएर नेपाली काँग्रेस र नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुबीच आरोप प्रत्यारोप बढेको छ ।

नगरपालिका मेयर भुपेन्द्र चन्दले बहुमतको दम्भ देखाउँदै अल्पमतको नेकपालाई पेलेको आरोप लगाइएको छ ।नेकपाबाट निर्वाचित जनप्रतिनीधिहरुले बुधबार पत्रकार सम्मेलन गरेर मेयरले हिटलरी शैलीमा नगरसभामा सार्वभौम अधिकारलाई कुण्ठित गरेको आरोप लगाए । नगर सभामा मेयरले प्रक्रिया विपरित बहुमतको दम्भमा मनपरी गरिरहेको नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुको आरोप छ ।

भेरीगंगाको ७५ सदस्यीय नगर सभामा नेकपाका २७ सदस्य छन् । अरु ४८ सदस्य कांग्रेसबाट निर्वाचित छन् । नगरपालिकाले प्रक्रिया अनुसारबस्तीबाट आएको योजनाहरुलाई लत्याएर मेयरले आफूखुसी योजनाहरु लाद्न खाजेको आरोप भेरीगंगा नगरपालिकाका १३ नम्बर वडाध्यक्ष टिकाराम सुवेदीको छ । उनले  पूर्वजानकारी नै नदिएर योजना तर्जुमा गरी नगरसभा बोलाएको समेत बताए ।

नगर सभामा ल्याइएको  विषयगत शाखा कार्यालय र नगरस्तरीययोजनाहरुमेयरले मनोमानी छनौट गरेको सुवेदीले बताए । ‘सभामा छुट भएका योजनाहरुमाथि संशोधन हालेका थियौं’ सुवेदीले भने, ‘असहमति जनाएर थप योजना समायोजन गर्न खोज्दा पनि मेयरले पेलेरै जान खोजेपछि आफूहरुले विरोध जनाएका हौं ।’

उनका अनुसार नगर सभामा नेकपाबाट निर्वाचित सदस्यलाई हाजिर गराएर मात्रै बाहिर पठाइएको तथा योजना र नीति निर्माणबारे केही जानकारी नै नदिइएको उल्लेख गरे । नगरपालिकाले १ करोड ५८ लाख ५६ हजार विषयतगत कार्यालय र ९ करोड ७४ लाख नगरस्तरीय योजनाहरु छनौट गरेकोमा वडाध्यक्ष सुवेदीले आपत्ती जनाए ।

नगरपालिकाले अल्पमत नेकपाका जनप्रतिनिधिलाई पेलेर नगरसभा सम्पन्न गरिसकेको छ । तर नेकपा जनप्रतिनिधिहरुले फेरी नगरसभाको आयोजना नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । विषयगत रुपमा छलफल गरेर जाउँभन्दा प्रस्ताव नै मेयर र उप–मेयरले स्वीकार नगर्दा आन्दोलत हुनु परेको वडा नम्बर १ का वडाध्यक्ष नवराज कार्कीले जानकारी दिए ।

नगरपालिकामा लिखित रुपमै असहमति पेश गर्दा पनि सुनुवाइ नभएको उनले बताए । ‘हामीले जनताको अपेक्षा अनुरुप अघि बढ्न मेयरलाई अनुरोध गरेका हौं । तर, मेयर स्वेच्छाचारी ढंगबाट अघि बढ्न खोजे,’ उनले भने, ‘यसरी नगर चल्दैन ।’ कम्तिमा पनि प्रत्येक वडामा १ करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको उनले बताए । नेकपाबाट नगरपालिकाको १३ नम्बरमा टिकाराम सुवेदी, १ नम्बरमा नवराज कार्की, ११ नम्बरमा तिलकराम डाँगी, ५ नम्बरमा प्रेम सारु र १० नम्बरमा लक्ष्मण राना वडाध्यक्ष निर्वाचित भएका थिए ।

कांग्रेसबाट निर्वाचित मेयर र बहुमत सदस्यले नगर सभामा आफूहरूलाई पेलेर अघि बढ्न खोजिएको उनले कार्कीले बताए ।नगरपालिकाका प्रमुख (मेयर) भुपेन्द्रबहादुर चन्दले बजेटमा सबै वडालाई समानुपातिक ढंगबाट योजनाहरु सामावेश गरेको जनाए  । ‘प्रतिपक्ष नभनेर अन्तिम समयसम्म मिलाएर अघि बढेको हुँ’ मेयर चन्दले भने, ‘दम्भ मैले हैन उनीहरुले नै देखाइरहेका छन् । मलाई लगाएको आरोपमा कुनै सत्यता छैन ।’सहमति र सहकार्यका लागि आफू सदैव सकरात्मक रहेको उनले बताए ।

नगरसभा फेरी सञ्चालन गर्न नसकिने बताए । कार्यपालिकाले बजेट पास गरिसकेको अवस्थामा अब संशोधन पनि नहुने उनको भनाई छ । अल्पमतकै विभेद गरेर कुनै पनि वडामा कम योजनाहरु नपारेको चन्दको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ